smart doko

अन्डर-१९ नेपाली क्रिकेट खेलाडि खुला प्रतिस्पर्धाबाट छनोट गरिने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २४ बिहीबार | प्रकाशित १८:०९:३५
अन्डर-१९  नेपाली क्रिकेट खेलाडि खुला प्रतिस्पर्धाबाट छनोट गरिने

काठमाडौं । अन्डर–१९ एकदिवसीय अभ्यास क्रिकेट प्रतियोगिताको लागि नेपाली खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गरिने भएको छ । सेप्टेम्वर ९ देखि २० सम्म भारतमा आयोजना हुने एकदिवसीइ अभ्यास क्रिकेट खेलका लागि नेपालले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्ने भएको हो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाललाई अभ्यास खेलका लागि निम्तो दिइसकेको छ । नेपालको अन्डर–१९ टीमका प्रशिक्षक विनोद दासले बीसीसीआईको निम्तो स्वीकार गरेको बताए । त्यस्तै अन्डर–१९ एशियाकप छनोटका लागि पनि खुला प्रतिस्पर्धाबाट खेलाडिहरुको छनोट गरिने प्रशिक्षक दासले बताए ।

लुकेका प्रतिभाहरु प्रस्फुटन हुने भन्दै उनले खुला प्रतिस्पर्धाबाट खेलाडिहरु छनोट गरिने जानकारी दिएका हुन् । काठमाडौंको रातोपुलमा रहेको भेरो सिटि एरेनामा खेलाडिहरुको छनोट गरिनेछ ।

१९ वर्षमुनिका इच्छुक क्रिकेटरले आफ्नो उमेर खुल्ने कागजसहित उपस्थित हुन सक्ने जनाईएको छ । खुला प्रतिस्पर्धाबाट ९ जना खेलाडिहरुलाई स्थान दिने प्रशिक्षक दासले बताए । राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडिलाई अन्डर १९ मा नराखिने प्रशिक्षक दासको भनाई छ ।

धेरै पढिएको