smart doko

पहिलो पटक तीजको गीतमा र्‍याप (सुटिङ रिर्पोटसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २४ बिहीबार | प्रकाशित १९:२८:५३
पहिलो पटक तीजको गीतमा र्‍याप (सुटिङ रिर्पोटसहित)

तीजको लहर बढ्दै गएको छ । पछिल्लो समय एक पछि अर्को गर्दै तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । आज हामी तपाइलाई तीज गीत कसरी सुटिङ गरिन्छ भन्ने विषयमा भिडियो रिपोर्ट देखाउँदैछौं ।

'आजकलका केटीहरुको घुँडामुनि कपडा, लाउँछ छोटो कपडा, गर्छ लफडा' भन्ने बोलको तीज गीतको सुटिङ रिपोर्ट देखाउँदैछौँ । चन्द्रकला डल्लाकोटीको शब्द रहेको उक्त गीतमा गौरव माझी र सुमित्रा भट्टराईको आवाज रहेको छ । गीतको भिडियो केही दिनपछि रिलिज हुनेछ ।

उक्त गीतमा पछिल्लो समय तीजमा भित्रिदै गरेको विकृतिलाई ब्यंग गर्न खोजिएको हो । पश्चिमा संस्कृतिका कारण आफ्नो छुट्टै मौलिक परम्परा बोकेको तीज आधुनिकतातर्फ ढल्नेको भन्दै उनीहरुले समाजलाई यसबाट सजक हुन सन्देश दिन खोजेको हुन् ।

धेरै पढिएको