suv

'फेक इन्काउन्टर' भन्नु हल्ला मात्र- गृहमन्त्री

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १०:३५:३४
'फेक इन्काउन्टर' भन्नु हल्ला मात्र- गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरमा गरिएको इन्काउन्टर सही भएको बताएका छन् । 'फेक इन्काउन्टर' भनेर आएको समाचार हल्ला मात्रै भएको उनको दाबी छ । 

भरतपुर विमानस्थलमा पत्रकारहरुको प्रश्नमा जवाफ दिंदै गृहमन्त्री बादलले भने- 'अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको छ,  फेक इन्काउन्टर भन्नु  हल्ला मात्र हो ।'

उनले २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको समेत दाबी गरेका छन् । भक्तपुरका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो ।