smart doko

शुक्रबार हलमा तीन चलचित्र एक आपसमा भिड्दै

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १३:११:४५
शुक्रबार हलमा तीन चलचित्र एक आपसमा भिड्दै

काठमाडौं । यो साताको शुक्रबार (साउन २५ गते) तीनवटा नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । ‘कहीं कतै’, ‘पिरिम पर्‍या छन’ र ‘टिनएज’ गरि तीन चलचित्र भिड्न लागेका हुन् । अब कुन चलचित्रले बाजी मार्छ त्यो हेर्न भने केही दिन कुर्नै पर्ला ।

कहीं कतै
चलचित्रमा ‘कहीं कतै’ मा सिवानी गिरी र सनम बारपुङपाको मुख्य भूमिका रहेको छ । उनीहरु दुवै जनाले यहि चलचित्रबाट डेब्यु गरेका हुन् । दिलिप राईमाझी, किशोर खतिवडा, उमा बेबी गिरी, प्रतिमा रसाईली, बिसाल चामलिङ लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा सचिन सिंहले म्यूजिक भरेका छन् । यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन तथा लेखन गरेका छन् । उमा फिल्मसको ब्यानरमा बनेको चलचित्रलाई प्रकास महरा, प्रकास हमाल र असिम शेर्पाले चलचित्र निर्माण गरेका हुन् ।

पिरिम पर्‍या छन्ः
त्यस्तै यो साता नै प्रदर्शनमा आएको अर्को चलचित्र हो 'पिरिम पर्‍या छन्'। पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, सोभित बस्नेत लगायतको अभिनय छ । चलचित्रमा विकास चौधरी र विनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द रहेको छ।

टिनएज
दुई दशकबाट चलचित्र क्षेत्रमा सक्रिय दिनेश पाख्रिनले निर्देशन गरेको चलचित्र हो टिनएज । यसमा नरेश बिर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरोज शाह, सरिता राजभण्डारी, निर्मल स्याङतान, रेशम फिरिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा बिरु मगर, बुद्घिमान स्याङतान, निमाया पाख्रिन र देविका खड्गीको सयुक्त निर्देशन रहेको छ ।

 

 

धेरै पढिएको