smart doko

‘रोजी’ द्धारा म्युजिकल्ली कन्टेस्ट आह्वान, डिनर डेटदेखि लाखसम्म पुरस्कार

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १६:२४:४२
‘रोजी’ द्धारा म्युजिकल्ली कन्टेस्ट आह्वान, डिनर डेटदेखि लाखसम्म पुरस्कार

काठमाडौं । नेपाली चलचित्र रोजीले आफ्नो प्रचारको शैली फरक पारेको छ । आधुनिक प्रविधिको अधिक प्रयोग गर्दै रोजीले म्युजिकल्ली कनटेस्ट आह्वान गरेको छ । ‘रोजी’ ले हिट गीत ‘फूल हैन’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको हो ।

भिडियो साझेदारी साइट युट्युवमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । रोजी निर्माण कम्पनीद्धय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले लोभलाग्दो पुरस्कार राशीसहितको म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरेको हो ।

प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्ने वा वालमा सेयर गर्न सकिने संयोजक सन्ध्या थापाले जानकारी दिईन् ।

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटको व्यवस्था गरिएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

सर्वोत्कृष्टलाई नगद १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले बताईन् ।

एलिस कार्कीद्धारा संगीतबद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश ‘फूल हैन’ लाई निकै रुचाइएको छ । नीरक पौडेल निर्देशित क्राइम थ्रीलर फिल्म आगामी २२ भदौमा रिलिज तयारीमा छ । प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।

धेरै पढिएको