smart doko

वृद्ध झाँक्रीद्वारा ५ वर्षीय बालकमाथि यौन दुव्र्यवहार

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १७:११:३३
वृद्ध झाँक्रीद्वारा ५ वर्षीय बालकमाथि यौन दुव्र्यवहार

कञ्चनपुर । कञ्चनपुरमा फेरि एक पाँच वर्षीया बालकमाथि यौन दुव्र्यवहार भएको छ । पछिल्लो समय दिनप्रतिदिन बलात्कारीको आखडा बन्दै गएको कञ्चनपुरमा एक ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेका हुन् ।

अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ ।

छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बेलुका खाना खाएर झाँक्री बालकसँगै सुतेका थिए । म बालकसँग नै सुत्छु भन्दै सुतेका धामीले मध्यरातमा विजुली गएको मौका छोपेर छोरोको मुखमा लिंग घुसाएको पीडित बालकका बाबुले बताए ।

राति विजुली गएको समयमा झाँक्रीले मुखमा लिंग घुसाईरहेको देखेपछि दुई झापड हानेर प्रहरीले खबर गरेको पीडित बालकका बाबुले प्रहरीसमक्ष बयान दिएका छन् ।

झाँक्रीलाई प्रहरीले राति नै घरबाटै नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको सिसैया प्रहरी चौकीले जनाएको छ । पीडित अभिभावकले नाबालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै कारवाहीको माग गरेका छन् । घटनाका बारेमा विस्तृत अनुसन्धान भईरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले जानकारी दिए ।

 

धेरै पढिएको