smart doko

गृहमन्त्री बादलले जब 'प्रकाण्ड' लाई अपराधी भने... (भिडियोमा)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १७:३७:१७
गृहमन्त्री बादलले जब 'प्रकाण्ड' लाई अपराधी भने... (भिडियोमा)

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधि भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण दिएका छन् ।

गृहमन्त्री थापाले चन्दा आतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधिजस्ता गैरकानुनी काम गरेकाले सरकारले प्रकाण्डलाई पक्राउ गरी कानुनी कारवाही सुरु गरेको बताए । उनले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिए ।

शुक्रबार बिहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कारवाही एकैसाथ अघि बढाउने नीति लिएको प्रष्ट पारे ।

गृहमन्त्री थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको दावी गरे । उनले २४ घण्टा भित्रै अपहरणकारीहरुलाई नियन्त्रणमा लिई निष्तेज पार्न सरकार सफल भएको दावी गरे । गृहमन्त्री थापाले सरकार चालू आर्थिक वर्ष भित्र ८ प्रतिशतको दरले आर्थिक वृद्धिदर कायम गर्न केन्द्रित भएको बताए ।

 

धेरै पढिएको