smart doko

नेपालमा एम्बुलेन्स किन्न कोमल वली अष्ट्रेलियामा तीज च्यारिटी शो गर्दै

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २५ शुक्रबार | प्रकाशित १९:३८:४३
नेपालमा एम्बुलेन्स किन्न कोमल वली अष्ट्रेलियामा तीज च्यारिटी शो गर्दै

काठमाडौं । गायिका कोमल वली यति बेला अष्ट्रेलियाको सिड्नीमा छिन् । तीजको कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया पुगेकी हुन् । गायिका कोमल वलीले आफ्नो फेसबुक पेज मार्फत एक सन्देश सार्वजनिक गेरकी छिन् । उनले तीजको च्यारिटी शो बाट उठेको पैसाले नेपालको गाउँमा एम्बुलेन्स किन्ने योजना रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘राम्रो काम गर्न मन हुँदा जुनसुकै कुनामा पनि आफनो हितमा प्रयोग गर्न सकिन्छ । यहि कुरालाई मनन गर्दै अहिले म अष्ट्रेलिया आइपुगेकी छु । तीजको च्यारिटी कार्यक्रम गरेर नेपालको गाँउमा एम्बुलेन्स किन्ने योजना गरेकी छु ।’

उनले विदेशमा हुने नेपालीहरुले आफुलाई माया गर्ने गरेको बताएकी छन् । राष्ट्रियसभा सदस्य समेत रहेकी गायिका वलीले उक्त सद्भाव तथा मायाले नेपाली संगीतको क्षितिज फराकिलो हुँदै गएको सन्देश गईरहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘मलाई गर्व पनि लाग्छ, विदेशमा हुने नेपालीहरुले मलाई माया गर्नुहुन्छ, कार्यक्रमहरुमा बोलाउनुहुन्छ । यो म प्रतिको सद्भाव र माया मात्र होइन, नेपाली संगीतको क्षितिज फराकिलो हुँदै गएको प्रमाण पनि हो ।’

धेरै पढिएको