smart doko

प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र ४ सोमबार | प्रकाशित ०६:०१:०८
प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ

सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री विदामा बसेपछि थापाले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । संविधानको धारा २६७ (५) अनुसार राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रधानसेनापतिको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । सोहि अनुसार थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।