smart doko

सबैभन्दा दिक्क लाग्दो दिन कुन होला

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र ४ सोमबार | प्रकाशित २०:१०:१०
सबैभन्दा दिक्क लाग्दो दिन कुन होला

कर्पोरेट कल्चर र अधिकांश देशहरुमा शनिवार र आईतवार छुट्टी हुने प्रचलन रहेको छ । कामकाजी ब्यक्तिहरु शुक्रवार देखि रमाईलो गरेर आईतवारसम्म बिताउने गर्छन् । त्यसैले उनीहरुलाई सोमवारको दिन पट्यारिलो लाग्छ भन्ने धेरैको अनुमान रहेको छ । कतिपयलाई शुक्रवार देखि गरेको रमाईलो वा अझ भनौं ह्यांगओभरले सोमवारको दिन कटाउन झर्को लाग्ने अनुमान गरिन्छ । यो बिषयमा हालै गरिएको सर्वेक्षणले अधिकांश शनिवार र आईवार छुट्टी मनाउने ब्यक्तिहरुले राख्ने गरेको अनुमान गलत भएको छ ।

लण्डन स्कुल अफ इकोनोमिक्सले गरेको सर्वेक्षणमा मंगलवार सबैभन्दा उदासीले भरिएको दिन हुने गरेको छ । यो दिनमा धेरै कामकाजी ब्यक्तिहरुले काममा झर्को लाग्ने गरेको बताए ।

मोवाइल एप मार्फत् २२ हजार ब्यक्तिको मनस्थितीमा २ महिना लगातार निरिक्षण गरिएको थियो । यो अनुसन्धानमा सहभागि भएका ब्यक्तिहरुलाई दिनको दुई पटक एसएमएस गरेर आज तपाई कहाँ हुनुहुन्छ, कस्तो महसुस गरिरहनु भएको छ, के गरिरहनु भएको छ र तपाईसंग को को छ भनेर सोधिन्थ्यो ।

यही प्रश्नहरुको उत्तरलाई अनुसन्धानकर्ताहरुले बिश्लेषण गरेर कामकाजी ब्यक्तिहरुलाई सोमवार नभएर मंगलवार सबैभन्दा पट्टयार लाग्दो दिन लाग्ने गरेको बताए । अनुसन्धानमा संलग्न जर्ज म्याककेरानका अनुसार सोमवार कामकाजी ब्यक्तिहरुलाई शनिवार र आईतवारको रमाईलोको यादहरुले दिक्क नलाग्ने गरेको थाहा पाईयो । मंगलवार उनीहरुले त्यो दुई दिनको रमाईलो बिर्सने हुनाले मंगलवार उनीहरुलाई सर्वाधिक पट्टयार लाग्दो दिन हुने गरेको बताईयो । किनकी अर्को विकेण्ड आउन अझैं तिन दिन लाग्ने उनीहरुको हिसाव रहेको हुन्छ ।

मंगलवार त सबैभन्दा पट्टयार लाग्दो दिन भयो भने उनीहरुलाई सबैभन्दा रमाईलो दिन चाहि कुन चाहि होला । तिनै सहभागिहरुले शनिवार रहेको बताए । यो दिन मज्जाले घुमघामका साथै साथिभाईहरुसंग मस्ति हुने हुनाले पनि उनीहरुलाई शनिवार सबैभन्दा रमाईलो दिन रहेको बताए ।