suv

‘बाराक ओबामाको इन्टरभ्यू लिन मन छ’

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र ५ मंगलवार | प्रकाशित १७:५५:१९
‘बाराक ओबामाको इन्टरभ्यू लिन मन छ’

पाँच वर्षअघि अनमोल केसी अभिनित फिल्म ‘जेरी’ मार्फत हिरोइनका रुपमा डेब्यू भएकी हुन्, आना शर्मा । त्यतिबेला उनी मात्रै १४ वर्षकी थिइन् । नौ कक्षामा पढ्दै थिइन् । १४ वर्षको भन्दा अधिकांशले पत्याउदैन थिए ।

आना स्वयम्लाई लागेको थियो, म कुनै दिन फिल्मको हिरोइन बन्छु । त्योे उनको खास लक्ष्य पनि थिएन । अचानक अफर आयो, स्टोरी सुनिन्, त्यसपछि ‘ट्राइ गरौं न त’ भनेर खेलिन् । खेल्दै गएपछि फिल्मप्रति उनको मोह बढेको हो । भन्छिन्, ‘जेरी खेलेपछि फिल्मप्रति मेरो मोह जागेको हो ।’

आनालाई ‘जेरी’ मा अफर आउँदा उनकी आमा रचना गुरुङ (मिस नेपाल, कोरियोग्राफर) लाई लाग्थ्यो, ‘मेरो छोरी सानी छे ।’ त्यसैले छोरीलाई फिल्ममा डेब्यू गराउनु अघि उनले निकै सोचिन् तर आनाको आत्मविश्वासअघि उनको केही लागेन । ‘आमाले मैले गर्न सक्दिनँ होला भन्ने सोच्नुभएको थियो तर मैले नाइँ म गर्छु, म सक्छु भनेँ । गरेर देखाए पनि,’ आनाले भनिन् ।

‘जेरी’ गरिसकेपछि आनाको अभिनयको निकै तारिफ भयो । अफरहरु थुप्रै आए तर आनाले लगातार तीन वर्ष फिल्ममा कामै गरिनन् । राकेश ओमप्रकाश, इम्तियाज अली र इर्शाद कामिलले मुम्बई बोलाएर फिल्ममा काम गर्न अफर पनि गरे । उनले त्यहाँ पाँच दिनको एक्टिङ वर्क सप पनि लिइन् तर फिल्ममा काम गरिनन् ।

‘म त्यतिबेला पढाइमा फोकस्ड थिएँ । बलिउड मुभी भन्दैमा प्रोफाइल बनाउनकै लागि मात्रै काम गर्ने सोचमा थिइनँ । भोलि फ्लप भयो भने के गर्ने ? घर फर्कने ?,’ आनाले त्यतिबेला फिल्ममा काम नगर्नुको कारण खुलाइन्, ‘त्यो मेरो इच्छा नै थिएन । मलाई त एउटा राम्रो कलाकार बन्नु छ । मन परेको स्क्रिप्टमा काम गर्नुछ । चर्चाका लागि मलाई काम गर्नु नै छैन ।’ प्रस्तुत छ, आनासँगका रमाइलो कुराकानी –

पाँचवर्षको अभिनय यात्रालाई अहिले कसरी समीक्षा गर्नुहुन्छ ?
यो पाँच वर्षले मलाई सिकाएको सबैभन्दा ठूलो कुरा भनेकै आत्मनिर्भर हुनु । म सुटिङमा हुँदा मेरो मम सधैँ मेरो साथमा हुनु हुँदैन थियो । त्यसैले मैले आत्मनिर्भर हुन सिकेँ । टिनएजमै एक्टर भएर हुर्किन्छु भन्ने मैले सोचेको पनि थिइनँ । जे होस्, धेरै कुरा सिकँे ।

तपाई हिरोइन नभएको भए के बन्नुहुन्थ्यो ?
बच्चैदेखि आफूलाई ठूलो भएर सिइओ हुन्छु । सायद कुनै आफ्नै कम्पनी खोलेर सिइओ भएर बसेको हुन्थे ।

कलाकार भएपछि के कुरालाई सबैभन्दा बढी मिस गर्नुहुन्छ ?
मेरो प्राइभेसी । जहाँ जाँदा पनि मान्छेहरुले चिन्छन् । तर म रियल लाइफमा पनि प्राइभेट पर्सन हो । त्यसैले त्यो प्राइभेट लाइफचाँही मलाई अभाव भयो ।

तपाईको पहिलो काम र तलब के हो ?
काम ‘जेरी’ नै हो । पारिश्रमिकचाँही नभनौं (हाँस्दै) ।

जीवनको कुनै यस्तो दिन जसलाई तपाई फेरी जिउन चाहनु हुन्छ ?
अघिल्लो वर्ष म न्यू इयर मनाउन न्यू इयरको दिन साथीहरुसँग थाइलेन्डमा थिएँ । त्यतिबेलाका रमाइला पल म कहिल्यै बिर्सिदिन । फेरी जिउन पाए हुन्थ्यो भन्ने लाग्छ ।  हलिउड फिल्म ‘म्यान फ्रम काठमाडौबाट बटुलेको सुटिङ अनुभव पनि साँच्चै अविस्मरणीय थियो ।

मनोरञ्जन क्षेत्रको के कुरा सबैभन्दा बढी मनपर्छ ?
नयाँ–नयाँ प्रतिभाहरु आइरहेका हुन्छन् । यही पक्ष मनपर्छ ।

के–कुरालेचाँही चित्त दुख्छ ?
मान्छेहरुको माइन्डसेट । पुरै इन्डष्ट्रीको त कुरा गरेको होइन तर कहिलेकाँही हामी फरक काम गर्न खोजिरहेका हुन्छौँ र मान्छेहरुले त्यसलाई गलत तरिकाले व्याख्या गरिदिँदा चित्त दुख्छ ।

एउटा हाइपोथेटिकल प्रश्न । तपाईं अगाडी साँच्चिकै भूत प्रकट भए भने के गर्नुहुन्छ ?
सायद कुरा गर्थे होला । म अध्यात्मिक मान्छे हो यद्यपी भूतमा विश्वासचाँही गर्दिन है (हाँस्दै) ।

कस्तो कुराले तपाईलाई खुशी बनाउँछ ?
धेरै केही गर्नुपर्दैैन्, बस् चकलेट दिनुभयो भने चाँडै खुशी हुन्छु (हाँस्दै) ।

के देख्दा दुःख लाग्छ ?
स्ट्रिट ब्वाय देख्दा मन दुखेर आउँछ ।

केटाहरुले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
म्यासेन्जर, इन्स्टाग्रामबाट आउँछ । तर त्यसलाई फ्यानका हिसाबले लिन्छु । मैले पनि बलिउड/हलिउडका कलाकारलाई फलो गरिरहेको हुन्छ । म पनि उनीहरुलाई म्यासेज पठाउँछु । त्यसैले मलाई म्यासेज गर्नेहरुलाई सकेसम्म भ्याएसम्म रेस्पोन्स गर्न खोज्छु ।

तपाईको गोप्य कुरा जे दर्शकलाई थाहा छैन ?
भन्यो भने त त्यो सिक्रेट नै भएन नि । सिक्रेट इज नट अ सिक्रेट आफ्टर यू सेज । दर्शकले मेरो उमेर भन्दा पत्याउँदैनन् । फेरी भन्छु, म २० वर्षकी भएँ (हाँस्दै) ।

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
मलाई टिभी शो होस्ट गर्ने मन छ । सायद सिरियस्ली गर्छु भनेर नलागेकोले होला गर्न सकेको छैन । तर मलाई टिभी होस्ट गर्ने र बाराक ओबामाको इन्टरभ्यू लिने मन छ ।

बाराक ओबामाको इन्टरभ्यू लिने मौका पाउनुभयो भने के सबैभन्दा पहिला के प्रश्न सोध्नुहुन्छ ?
बिहान उठ्नेवित्तिकै सबैभन्दा पहिलो के गर्नुहुन्छ भनेर सोध्थेँ होला । त्यसपछि सफल हुनु पछाडिका कारणहरु सोध्थेँ ।

तपाईंचाँही बिहान उठ्नेवित्तिकै के गर्नुहुन्छ नि ?
उठ्नेवित्तिकै पानी पिउँछु ।

तपाईको कमजोरी के हो ?
ओभर थिकिंङ । म धेरै सोच्छु ।

आफूभित्रको के कुरालाई तपाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
मेरो माइन्ड । म जे सोच्छु त्यो गरेरै छाड्छु ।

आफूलाई नै मन पर्ने आफ्नो बानी ?
आई लाइक टु बि प्रोडक्टीभ । मलाइै सधैँ यो गरुँ, त्यो गरुँ भइरहन्छ ।

मन नपर्ने बानी ?
म धेरै सुत्छु । धेरै सुत्न मनपर्छ । यो मनपर्ने बानी पनि हो, मन नपर्ने पनि हो (हाँस्दै) ।

भेट्न मन लागिरहने एकजना व्यक्ति ?
मेरो ब्वायफ्रेन्ड सोनम शेर्पा (हाँस्दै) ।

 

धेरै पढिएको