smart doko

प्रवासिको साथ मोवाइल एप्लीकेशन (भिडियोमा)

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र ५ मंगलवार | प्रकाशित १८:५५:५८
प्रवासिको साथ मोवाइल एप्लीकेशन (भिडियोमा)

वैदेशिक रोजगारीमा जाने र गएका नेपालीहरुलाई मध्यनजर गरेर नेपाली भाषामा बनाइएको नेपालको मोवाइल एप्लीकेशन प्रवासिको साथ आजबाट विधिवत रुपमा ‘लञ्च ’ गरिएको छ । सन् २०१६ को मे मा लञ्च गरिएपनि सम्पुर्ण ब्यावस्था, नियम र जानकारी सहित आधिकारिक रुपमा आजबाट सुरु भएको हो । यस एप्लीकेशनले सुरुवाती चरणमा खाडीका ६ देशहरुमा मात्र आफ्नो सेवाहरु प्रदान गर्ने बताएको छ । प्रयोगकर्ताले यसबाट कति सेवा लिन सक्छन् भन्ने कुरालाई ध्यानमा राखेर यस एप्सको विस्तार बिभिन्न देशहरुमा गर्दै जाने एप्स निर्माण समितिले जनाएको छ ।

यस एप्सलाई ३ खण्डमा विभाजित गरिएको छ । जसमा वैदेशिक रोजगारीमा जान चाहने नेपालीले जान भन्दा अगाडि थाहा पाउने कुराहरु । जानको लागि आवश्यक पर्ने कुराहरु अर्थात् जानको लागि चाल्नु पर्ने प्रोसेस र विदेशमा गएर के गर्ने साथै के गरिराखेको छ भन्ने कुराहरु । यसका साथै यस एप्सले प्रवासमा हुँदा आउने जोखिमलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बारे पनि जानकारी लिन सकिन्छ । यस मोवाइल एप्सले वैदेशिक रोजगारमा गएकाहरुको आम्दानी, खर्च र बचतको हिसाब राख्दै प्रभावकारी निर्णय गर्न समेत सहज पार्ने गर्छ । यस मोवाइल एप्लीकेशन एक पटक आफ्नो मोवाइलमा डाउनलोड गरेपछि अफलाइनबाटै सहजै प्रयोग गर्न सकिन्छ ।

वैदेशिक रोजगारिका लागि विदेश जान चाहने नेपालीहरुलाई सहयोग र साथ दिन तथा जानु अगाडि नै थाहा पाइराख्नु पर्ने कुराहरु र जानका लागि चाल्नु पर्ने प्रोसेस तथा गएपछि गर्ने बचतको बारेमा जानकारि दिने गर्छ । यस मोवाइल एप्लीकेशनबाट हामीले विदेश जानका लागि आवस्येक पर्ने सम्पुर्ण जानकारीहरु थाहा पाउन सक्छौँ । वैदेशिक रोजगामा जाने नेपालीका लागि जानकारी दिन खोलिएको यस एप्लीकेशन नेपालीहरुका लागि धेरै लाभदायि हुन सक्ने आशा गरिएको छ । प्रवासिको साथ मोवाइल एीलीकेशन आर्थिक क्यालकुलेटरको रुपमा तयार गरिएको एप्लीकेशन हो ।

यसले वैदेशिक रोजगारमा विदेश जाने नेपालीहरुलाई आर्थिक बिश्लेषणका साथै विदेश जान चाल्नुपर्ने प्रोससको बारेमा जानकारी दिने गर्छ । यस एप्लीकेशन भित्र वैदेशिक रोजगारिका लागि सरकारी मान्यता प्राप्त सीप, विकास केन्द्रहरु, मेनपावर कम्पनी, स्वास्थ्य केन्द्रहरु, बीमा कम्पनीहरु, रेमिटेन्स कम्पनी, ओरिन्टेशन सेन्टरहरु र वैदेशिक रोजगारका लागि जान्नु पर्ने कुराहरु राखिएको छ । अम्लिन टेक्नोलोजिमा निर्माण गरिएको यो एप्लीकेशन अंग्रेजी र नेपाली भाषामा उपलब्ध छ । यो एप्लीकेशन आइओएस्, एन्डोयड र वेभ भर्जनमा उपलब्ध रहेको छ । यो एप्सको अझ धेरै जानकारी पाउनको लागि भने www prabasikosaath com  लग इन गर्नुपर्ने हुन्छ । हेर्नुहोस् भिडियोमा –