smart doko

कुकुर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सूची (भिडियोमा)

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र ८ शुक्रबार | प्रकाशित १६:१०:०९
कुकुर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सूची (भिडियोमा)

कुन कुकुरको आनी बानी कस्तो हुन्छ ? कुकरको मोल घटी बढी किन हुन्छ ? यदी तपाई कुकुर पालक हुनुहुन्छ भने यो सवैभन्दा सजिलो प्रश्न हुन सक्छ । अझ कुकुरको सौखिन हुनुहुन्छ वा कुकुर धनी हुनुहुन्छ भने तपाईलाई कुकुरको मोल सुनाइरहन नपर्ला । कुन प्रजातिको कुकुर राम्रो वा रोज्जा ? वा कुन कुकुरको मूल्य कती ?

प्रेम र वफादारी प्रकट गर्न उदाहरण मानिन्छ, कुकुर । सायद यही कारणले ब्यवस्थित रुपमा कुकुर पाल्ने कार्य बढिरहेको छ । माग बढेपछि स्वभाविक रुपमा वजार मूल्य पनि बढ्छ नै । सौख र सुरक्षाका लागि घर–घरमा पालिने कुकुरहरु अहिले शहरी क्षेत्रमा आफ्नो रवाफ बढाएर देखाउन समेत पाल्न थालिएको छ । काठमाडौंमा मात्र नभएर नेपालका अन्य शहरहरुमा समेत कुकुरको व्यापार राम्रैसँग फस्टाउनुले पनि बजार मूल्य बढेको हो ।

यदी कुकुर पाल्ने सोचमा हुनुहुन्छ भने तपाईंले बजार मूल्य बुझ्नै पर्छ । कुन प्रजातिका कुकुरको मोल कति भन्ने थाहा हुनै पर्छ । आजको हाम्रो रिपोर्ट नेपाली वजारमा पाईने कुकुरको मोल हो । कति पर्छ यी १४ प्रजातिका कुकुरको मोल ? हेर्नुहोस् भिडियोमा –