smart doko

मन्त्रालयदेखि गाउँपालिकासम्मले खोले ट्वीटर र फेसबुक खाता : सामाजिक सञ्जालमा सरकार

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र ९ शनिबार | प्रकाशित ०७:३९:३२
मन्त्रालयदेखि गाउँपालिकासम्मले खोले ट्वीटर र फेसबुक खाता : सामाजिक सञ्जालमा सरकार

काठमाडौँ

सबै सरकारी निकाय सामाजिक सञ्जालमा जोड्ने सरकारी नीतिसँगै ट्वीटर तथा फेसबुकमा सरकारको उपस्थिति छ्यापछ्याप्ती छाउन थालेको छ । केही दिन अघि मात्रै सरकारले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि २०७५’ जारी गरेर सबै निकायलाई सामाजिक सञ्जालमा अनिवार्य जोडिन निर्देशन दिएको थियो ।

प्रधानमन्त्री कार्यालयले कार्यविधि तय गरेपछि गृह मन्त्रालय देखि, जिल्ला समन्वय समिति, इलाका प्रशासन कार्यालय, गाउँपालिकासम्मले धमाधम सामाजिक सञ्जालमा खाता खोल्न थालेका छन् । यसअघि खाता प्रयोगमा रहेका कार्यालयले भने प्रधानमन्त्री कार्यालयमा खाताबारे धमाधम जानकारी गराइरहेको पाइएको छ ।

गृह मन्त्रालयले ६ भदौमा एट मोहागुनासो हेन्डलको ट्वीटर र फेसबुक डटकम ब्याक स्ल्यास हेलोमोहा नामक फेसबुक पेज सञ्चालन हुँदै आएको प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएको छ । गृह मन्त्रालयले कार्यविधि कार्यान्वयनमा आएकाले सोही कार्यविधि अनुसार मन्त्रालयबाट विगत देखि नै ट्वीटर र फेसबुक पेज सञ्चालनमा रहेको भन्दै प्रधानमन्त्री कार्यालयमा जानकारी गराएको छ । श्रम कार्यालय, नेपालगन्ज बाँकेले पनि शुक्रबार देखि हेलो अन्डरस्कोर एलओएनपीजे हेन्डल नामक ट्वीटर खाता खोलेर सञ्चालनमा ल्याएको छ ।

हेलो सरकारमा मात्र ७६ हजार गुनासा

प्रधानमन्त्री कार्यालयले केही वर्ष देखि हेलो सरकार नामक सामाजिक सञ्जालमार्फत जनताको गुनासो लिँदै आएको छ । हेलो सरकारका अनुसार अहिलेसम्म ७६ हजार ८ सय ३६ गुनासो प्राप्त भएको छ । जसमा ६१ हजार ३ सय ४८ वटा गुनासा फछ्र्योट भएको हेलो सरकारले जनाएको छ । १५ हजार ४ सय ८८ वटा गुनासा भने फछ्र्योट हुन बाँकी छन् ।

सबैभन्दा बढी गुनासो गृह मन्त्रालय अन्तर्गत रहने गरेका छन् । ११ हजार ६ सय ७२ वटा गुनासा गृह मन्त्रालयका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत धेरै गुनासा आउने गरेका छन् । हेलो सरकार मार्फतका गुनासा सम्बन्धित निकायमा पठाए पनि कार्यान्वयन नभएको र गुनासो समेत बढ्दै गएका छन् ।
राजधानीबाट