smart doko

ओझेलमा परेको बेपत्ता नागरिकको सवाल : सन्र्दभ वेपत्ता पारिएका नागरिकविरुद्धको अन्र्तराष्ट्रिय दिवस आज

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र १४ बिहीबार | प्रकाशित ०९:०१:४४
ओझेलमा परेको बेपत्ता नागरिकको सवाल : सन्र्दभ वेपत्ता पारिएका नागरिकविरुद्धको अन्र्तराष्ट्रिय दिवस आज

ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

सरकारले हरेक दिन जसो केहि न केहि दिवस मनाईरहने गरेको छ । केहि वर्ष अगाडि देखि नेपालमा वेपत्ता पारिएकाहरुको लागि अन्र्तराष्ट्रिय दिवस मनाउन थालेको पनि हामीलाई थाहा छ । आज त्यहि दिवस मनाउने पालो परेको छ । यसलाई पनि अनौंठो नमानौं । स्वभाविक नै होला सरकारका कार्यक्रमहरु । तर पछिल्लो दुईदशक यता विशेषगरि माओवादी जनयुद्ध शुरु भएको अवस्था देखि यता देशमा वेपत्ता भएकाहरुको संख्या हेर्ने हो भने सरकारले मनाउने भनिएको दिवसको के औचित्य होला र भन्ने प्रश्न उठ्नु अस्वभाविक पनि त होइन ।

०५२ साल देखि यता ०६२ साल सम्मको अवस्था हेर्ने हो भने राज्य र गैरराज्य दुवैपक्षबाट यति धेरै मानव अधिकारको हनन् र उल्लंघन हुने कार्य भए कि त्यस्तो अवस्था न पहिले थियो न अब हुने नै छ । करिव १७ हजार नेपालीहरुले अकालमा ज्यान गुमाए भने ३ हजार ५ सय व्यक्तिहरु अझै वेपत्ता छन् । त्यतिबेला मरेका र बेपत्ता भएकाहरु बारे छानबिन गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर काम गर्ने भनेको पनि वर्षौं भइसक्यो । तर यसलाई कार्यान्वयन गर्न सकेको छैन । कागजमै सिमीत रहेको यो निर्णयले अन्यायमा परेका हजारौं नागरिकको न्यायको ढोका पनि बन्द गरिदिएको छ । मर्नेहरु त मरिसके, अब ती फर्केर आउँदैनन् भन्ने निश्चित छ । तर वेपत्ता पारिएका भनिएकाहरु न मरेको खवर छ न अहिले सम्म फर्केर नै आएका छन् । धेरै पीडा र वेदना लुकाएर बाटो हेर्ने पीडित परिवारहरुले अब आशा पनि मारिसकेका छन् । कसैले त १५ वर्ष सम्म नफर्के पछि सामाजिक परम्परा अनुशार काजक्रिया पनि गरिसकेका खवर आउन थालेका छन् । यस्तो अवस्थामा राज्यले वेपत्ता पारिएकाहरुको पक्षमा दिवस मनाउनुको के अर्थ रह्यो र ? पीडित परिवारहरु यस्तै आक्रोश पोख्न बाध्य छन् अहिले ।

जाजरकोट नायकबाडा २ का शरण नेपाली भर्खरै मात्र बेपत्ता भएको १७ वर्ष पछि घर फर्किए । म¥यो भनेर काजक्रिया समेत भइसकेको उनी यसरी फर्किदा परिवार र गाउँले अचम्ममा परे । ०५४ सालमा तत्कालिन माओवादी पक्षबाट अपहरणमा परेका उनी त्यस यता बेखबर थिए । उनी फर्कन्छन् भनेर कसैले पनि सोचेका थिएनन् । गएको चैत्र ७ गते उनी फर्किए । त्यस्तै गोरखा जिल्लाको गोरखा नगरपालिकाका शैलेन्द्र अर्याल ०५६ सालमा वेपत्ता भएका थिए । ०५४ सालदेखि नेपाल प्रहरीमा भर्ति भएका उनी पर्वत सदरमुकाम कुस्मा स्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहँदा वेपत्ता भएका हुन् । तत्कालिन विद्रोही पक्षबाट वेपत्ता अर्याल यो १५ वर्षको अवधिमा कहाँ गए भन्ने बारेमा सबै आफन्तहरु बेखवर रहेका थिए । न मरेको खवर छ न घरमा फर्केको अवस्था नै । यस्तै पीडामा छट्पटाएको उनको परिवारमा पनि यतिबेला भने खुशि छाएको छ । १५ वर्ष पछि एकाएक वेपत्ता आफ्नो छोरा घर फर्कदा त्यो परिवार अहिले खुशि हुदैं आश्चर्यमा त परेको छ नै, अहिले उनलाई भेट्न आउने आफन्त र छिमेकीहरुको लर्को नै लागेको छ । शैलेन्द्र र शरण त एउटा प्रतिनिधी र वास्तविक पात्रहरु हुन् । उनीहरु त फर्किए तर धेरै शैलेन्द्र र शरणहरु अहिले सम्म कहाँ छन् त्यसको पत्तो लाग्न सकेको छैन । र थुप्रै पीडित परिवारहरुमा शैलेन्द्र र शरणको परिवारको जस्तो खुशिका दिनहरु आउने सम्भावना पनि कम छ ।

यो त द्वन्द्वकालिन अवस्थाको सानो उदाहरण मात्र हो । यसभन्दा बाहेक ०६२ साल देखि यता मानिस हराएको भयावह र पत्याउनै मुस्किल पर्ने तथ्याङ्क सार्वजनिक भएको छ । यस वीचमा हराएका महिला तथा बालबालिकाहरु कहाँ छन् , यो कुरा न राज्यलाई थाहा छ न सम्बन्धित परिवारलाई नै । राजधानीको जैशिदेवल निवासी छोरीमैया मर्हजन हराएको भनिएको पनि ७ वर्ष वढी भईसक्यो । अहिले सम्म उनको अवस्थाको बारेमा कसैलाई थाहा छैन । हरेक बहानामा हराएका महिला तथा बालबालिकाहरु फर्केर आएका घटनाहरु ज्यादै कम मात्र छन् । आखिर कहाँ गए यत्रो संख्याका नागरिकहरु ? मरिसके अथवा जिउँदै छन्..? उनीहरुको अवस्था पत्ता लगाउनु राज्यको दायीत्व होइन र.? यी अनुत्तरित प्रश्नहरु हुन् जसको उत्तर न राज्यले दिन सकेको छ न ढुक्क छन् आमनागरिकहरु नै ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुशार वर्ष ०६२/०६३ मा १ हजार ८ सय ५९ जना मानिसहरु हराएका थिए । यस वीचमा हराएका मध्ये कोहि पनि फेलापरेको जानकारी छैन । त्यस्तै ०६३/०६४ मा हराएका २ हजार ८ सय १३ जना मध्येमा पनि कोहि फेला परेनन् । ०६४/०६५ मा भने १ हजार ७ सय ६० जना हराएका मध्ये २ सय ८२ जना फेला परेको तथ्याङ्क छ । यसै क्रममा ०६५/०६६ मा २ हजार ७ सय ६१ जना हराएकोमा ४ सय ४४ जना भेटिएका थिए । वर्ष ०६६/०६७ मा ४ हजार ६ सय १६ हराएको र यस मध्ये ५ सय ८५ जना भेटिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ०६२ साल देखि ०७० सम्मको अवधीमा २४ हजार ६ सय ९४ जना हराए । ती मध्ये फेला परेको नागरिकको संख्या ३ हजार ६ सय २५ मात्र छ ।

पछिल्लो एक दशक यता विशेष गरि महिलाहरु हराउने र वेचिने लगायतका घटनाहरु सार्वजनिक त हुने गरेकै हुन् । अझ बालबालिकाहरु चोर्ने र उनीहरुका शरीरका अंगहरु झिकेर बेचेपछि हत्या गर्ने गिरोहहरु पनि सक्रिय रहने गरेका समाचारहरु पनि यदाकदा संचारमाध्यममा आउने गरेका थिए । यतिले मात्र त्यति ठूलो संख्याका नागरिक बेपत्ता नहुनु पर्ने हो । तर मानिस नै हराउने वास्तविकताको शिकार अहिलेको नेपाली समाज भएको छ । यो पक्कै पनि दुःख लाग्दो विडम्बना हो ।

हराउने र फेला पर्नेहरुको वीचमा भएको यो अन्तरले विशेष गरि २ वटा कुरामा प्रश्न उठाएको छ । कि मानिस हराएको सुचना प्रहरीलाई पुग्छ तर फेला परेको कुरा कम पुग्छ, अथवा मानिस फेला नै परेका छैनन् । जे भए पनि देशको नागरिक हराएको र वेपत्ता भएको यस्तो कहालीलाग्दो तथ्याङ्क सार्वजनिक भएपछि राज्यको ध्यान यस तर्फ पुग्नु पर्ने हो । तर सोचे अनुशार हुन सकिरहेको छैन । अव अहिले सम्म हराएकाहरु कहाँ छन् भन्ने कुराको टुङ्गो राज्यले लगाउनै पर्छ र आम नागरिकलाई यसको जवाफ दिनु पर्छ कि नागरिक हराउने र वेपत्ता पारिने यो श्रृखंला कहिले सम्म रहन्छ ? यसो गर्न सके मात्र राज्यले वेपत्ता पारिएका नागरिक विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाउनुको सार्थकता रहने छ । एक दिन दिवस मनाएर मात्र केहि हुनेवाला छैन । दिवस मनाउने मात्र होइन यसको उपलब्धि के भयो भनेर ध्यान दिनु पनि अहिलेको टड्कारो आवश्यकता हो भन्ने कुरा बुझ्नु सान्र्दभिक रहला कि !
kalotopi215@gmail.com