smart doko

‘सरकारले पहल गरे, गुमेको जमीन फिर्ता हुन्छ’ (भिडियो समेत)

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र १४ बिहीबार | प्रकाशित ०९:४९:४८
‘सरकारले पहल गरे, गुमेको जमीन फिर्ता हुन्छ’ (भिडियो समेत)


फणिन्द्र नेपाल
अध्यक्ष, ग्रेटर नेपाल नेस्नलिष्ट फन्ट

गत जुलाई ३१ तरिखका दिन काठमाडौंको माइतिघर मण्डलामा सानो झुन्ड ब्यानर बोकेर निश्कियो । १९५० को सन्धीका दुई धारा लागु गर्नु पर्ने माग गर्दै त्यो झुन्ड सडकमा उत्रिएको थियो । उनीहरुले गरेको माग पुरा हुने हो भने नेपालले सुगौली सन्धीमा गुमाएको जमीन फिर्ता पाउँछ ।

ग्रेटर नेपाल नेस्नलिष्ट फन्टको आयोजनामा भएको त्यो सडक प्रदर्शनको नेतृत्व यसै संस्थाका अध्यक्ष फडिन्द्र नेपालले गरेका थिए । प्रस्तुत छ, धर्नामा उभिएका उनै ग्रेटर नेपालका अभियन्ता फडिन्द्र नेपालसँग केन्द्रबिन्दु डटकमकालागी अदिती पौडेलले गरेको छोटो कुराकानी –

तपाईंहरु किन ‘ग्रेटर नेपाल’ भन्दै माइतिघरमा आउनु भएको ?
– आजभन्दा ६८ बर्षअघि (सन् १९५०) यसै दिन (जुलाई ३१) नेपाल भारत शान्ति तथा मैत्री सन्धी भएको थियो । त्यही सन्धीको स्मरण गर्दै सरकारलाई दवाव दिन हामी यहाँ आएका हौं ।

त्यो सन्धीमा के छ र त्यस्तो, स्मरण गर्नलाई ? आम मानिसले बुझ्ने भाषामा भनिदिनुस् न...
– सन्धीको भावना हेर्ने हो भने अधिकांश धारा शान्ति र मैत्रीसँग सम्बन्धित छैनन् । नेपाललाई ध्वस्त पार्ने हिसावमा छन् । तर, धारा १ र ८ चाहिं नेपालको हितमा छन् । नेपालको पक्षमा छन् ।

नेपालको पक्षमा भएको धाराका वारेमा पनि बुझाइ दिनुहोस् न,
– १९५० को धारा ८ मा नेपाल र वेलायतवीच भएका सबै सन्धी रद्ध ग¥यो भनेको छ । सुगौली सन्धी रद्ध गरेपछि ‘टेरेटोरियल इन्ट्री गेट्टी’लाई दुवै देशले स्वीकार गर्छन् । भारतको ‘टेरेटोरियल इन्ट्री गेट्टी’लाई भारतले स्वीकार्ने र नेपालको ‘टेरेटोरियल इन्ट्री गेट्टी’लाई नेपालले स्वीकार्ने ।

नेपालको ‘टेरेटोरियल इन्ट्री गेट्टी’ के हो त भन्यो भने सुगौली सन्धीमा गुमेको जमीन फिर्ता फिर्ता भइसकेको ‘टेरेटोरियल इन्ट्री गेट्टी’ हो । त्यसकारण सन्धी अनुसार हामीले जमीन फिर्ता पायौं । तर, ब्यवहारिक रुपमा फिर्ता भएन ।

फिर्ता हुनु पर्ने जमीन कस्ले फिर्ता ल्याउने हो त ?
– यो भनिरहनु पर्दैन कि, कागजी रुपमा फिर्ता भइसकेको जमीनलाई नेपाल सरकारले ल्याउन पहल गर्नु पर्ने हो । तर अहिलेसम्म यस वारेमा कुरासम्म नभएकाले त्यो फिर्ता लिनु परो भनेर दवाव दिन सडकमा आएका हौं ।

तपाईंले उठाएका माग पुरा हुन्छन् जस्तो लाग्छ ?
– पुरा हुन्छ भनेर नै हामी लागिपरेका छौं । पाएको जमीन किन फिर्ता नलिने ?

तर, यस्तो कुरामा त आम मानिस आउनु पर्ने होइन र, दवाव दिन ?
– हो । सवै नेपाली आउनु पर्ने हो । यो राजनीतिक विषय होइन, तर यो पक्ष बुझ्ने र बुझाउने कुरामा कमी भएको छ । आम मानिस नआउने मुल कारण चाहिं डर पनि हो ।

को सँग डर छ र ?
– भारतले थाहा पाउँछ कि भन्ने डर छ, धेरैलाई । जीउ ज्यान जोखिममा पर्छ भन्ने भ्रम पनि छ मानिसमा । यो भ्रम चिरेर हामी अघि बढ्छौं । आफ्नो अधिकार ‘क्लेम’ गर्न डराउनु हुन्न ।

(भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपाल ओर्लिनु अघी नै फणिन्द्र नेपाल पक्राऊ परे, कालो भण्डा देखाउने आशंकामा । सान्दर्भिक लागेकाले यो कुराकानी प्रस्तुत गरेका हौं ।)