smart doko

तीजको अन्तिम दिन आज ऋषिपञ्चमी पर्व मनाईंदै

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २९ शुक्रबार | प्रकाशित ०६:३७:२२
तीजको अन्तिम दिन आज ऋषिपञ्चमी पर्व मनाईंदै

काठमाडौँ

आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी सप्तर्षीको पूजाआजा गरी यो पर्व मनाईंदै छ । सप्तऋषिको पूजा गर्ने भएकाले यस दिनलाई ऋषिपञ्चमी पर्व भनिएको हो । आज तीजको अन्तिम दिन समेत भएकाले महिलाहरुले अरुणधत्ती सहित सप्तऋषि कस्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज ब्रत समापन गर्ने परम्परा रहेको छ ।

यस पर्वमा ब्रतालु महिलाले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा सप्तऋषिको पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने चलन छ । आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाने चलन छ ।

पुराणमा उल्लेख भए अनुसार ब्रम्हहत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ । सप्तऋषिहरु वशिष्ठ तथा पतिब्रता अरुणधत्तीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा सम्बृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास गरिन्छ । आज देशभरका ऋषी मन्दिरहरु र उपत्यकामा टेकुमा रहेको ऋषेश्वर मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । आज पछि तीजको औपचारिक समाप्त पनि हुँदैछ ।