smart doko

आफ्नै श्रमले पेट पाल्छन् १६ लाख बालबालिका : सन्दर्भ आज बालदिवस

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २९ शुक्रबार | प्रकाशित ०७:३७:५९
आफ्नै श्रमले पेट पाल्छन् १६ लाख बालबालिका : सन्दर्भ आज बालदिवस

काठमाडौँ

आज बाल दिवस , बालबालिकाहरुका हरेक समस्या र उनीहरुलाई हेरचाह गर्न सन्देश प्रवाह गर्ने दिन । तर नेपालमा उनीहरुको अवस्था निकै जोखिमयुक्त रहेको पाइएको छ । घरेलु कामदारका रुपमा अधिकांश बालबालिकाहरु जोखिमयुक्त काम गरिरहेका छन् भने बालबालिकाहरुको संरक्षणका लागि भनेर खोलिएका संस्थाहरुको पनि त्यता तिर ध्यान जान सकेको छैन । सरकारले पनि यस क्षेत्रमा धेरै नै लगानी गरेको छ तर लगानी सदुपयोग हुन नसक्दा बालबालिकाहरुको अवस्थामा कुनै सुधार हुन सकेको छैन ।

सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएकोे छ । ८० लाख वालवालिका मध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालिकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् ।

वाल अधिकार सम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, २०४८ ले १६ बर्ष सम्मको व्यक्तिलाई वालवालिका मानेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले बालबालिका शिर्षकमा यस आर्थिक वर्षमा मात्रै ३ करोड ४३ लाख रुपैंया बजेट बिनियोजन गरेको छ । यस्तै केन्द्रिय बाल कल्याण समितीसंग वालवालिकाकै लागि खर्च गर्न भनेर छुट्याइएको ९ करोड रुपैंया बजेट छ ।

मन्त्रालयको वालवालिका हेर्ने शाखा अधिकृत इन्दीरा आचार्यका अनुसार बिनीयोजीत बजेट सडक बालबालिका व्यवस्थापन, ऐन नियम तर्जुमा, बाल सुधार लगायत शिर्षकमा खर्च हुने गरेको छ । बजेट पर्याप्त भए पनि बालबालिकाको क्षेत्रमा समुचित प्रयोग भएको देखिएको छैन ।

१४ वर्षिय नविना चौधरीले काठमाडौं म्हैपीस्थित एक होटेलमा भाँडा माझ्ने काम गर्न थालेको २ वर्ष भयो । उनले भाँडा माझे वापत खान र बस्न बाहेक अरु केही सुविधा पाएकी छैनन् । चौधरीले भनिन्– ‘भाँडा माझ्छु । खान दिन्छन् । अस्ती भेष्ट किन्दिए, त्यहि हो ।’

विनियोजित वजेट वढि मात्रामा निती निर्माण तहमा खर्च हुने गरेको मन्त्रालयकी शाखा अधिकृत आचार्यले जानकारी दिइन् । हाल बालबालिका सम्वन्धी विद्येयक संसदमा टेबुल भएको छ ।

प्रस्तावित विद्येयकमा बालबालिकालाई कसूरजन्य कार्य गर्न तालीम दिने वा सिकाउने वा त्यस्ता कार्यमा लगाउन नपाइने, कुनै पनि धर्मको नाममा चढाउने, झुमा बनाउने, भिक्षा माग्न लगाउने वा सन्यासी, लामाको रुपमा प्रयोग गर्न नहुने, लागूऔषध, धूम्रपान, मद्यपान पदार्थको उत्पादन, उपभोग, विक्री वितरणमा प्रयोग गर्न नपाईने उल्लेख छ ।
नेपाल समाचारपत्रबाट