smart doko

४१ दिन पछि लयमा फर्किए जोशी

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २९ शुक्रबार | प्रकाशित ०७:५६:३६
४१ दिन पछि लयमा फर्किए जोशी

काठमाडौँ

सर्वोच्च अदालतको इजलास नम्वर एकमा पुग्नुभयो भने जोशी यतिवेला एक्लै मुद्धा सुनुवाइ गर्दै वसिरहेका भेटिनेछन् । ४१ दिन अघि संसदीय सुनुवाइ बिशेषसमितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भए लगत्तै उनी बिदा वसे । रोलक्रमले उनी भन्दा वरियतामा एक तह मुनीका न्यायाधीश ओमप्रकाश मिश्र अहिले संसदीय सुनुवाइ समितिको मुन्धुम पुरा गरेर प्रधानन्यायाधीशको कुर्सीमा छन् ।

तीन दिन अघिको साँझ हतार हतार राष्ट्रपतिबाट सपथग्रहणपछि सर्वोच्चमा पदभारका लागि आउँदा बिदामा वसेका जोशी स्वागतको पहिलो लहरमा पुष्पगुच्छा लिएर बसेका थिए । मिश्र रेड कार्पेट माथि पाइला राख्दै गर्दा जोशीले स्वागत गरे, सर्वोच्चको वरिष्ठतम् न्यायाधीशका रुपमा । बिदा अवधिमा उनले भनेका थिए, ‘भावी प्रधानन्यायाधीशको स्वागत गर्न आतुर छु ।’

समयक्रमले ४१ दिनपछि उनलाई अहिले इजलासमा पुर्याको छ, रोलक्रममा आफु मुनीका न्यायाधीश (हाल प्रधानन्यायाधीश) मिश्रले तोकिदिएको इजलासमा । मिश्र कुर्सीमा बसेको दुई दिनपछि सर्वोच्च अदालतको एक नम्वर इजलासमा उनले तीनबटा मुद्धाको सुनुवाइ सकेका छन् ।

प्रधानन्यायाधीश मिश्रले कुर्सी सम्हालेपछि जोशीले राजिनामा गर्नेमा धेरैको अनुमान थियो । तर उनले यसो गरेनन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपनि न्यायाधीशका रुपमा मुद्धा हेर्न थालेका छन् ।
राजधानीबाट