suv

सोलुखुम्बुमा एउटै अण्डाको मूल्य ६६ रुपैयाँ !

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २९ शुक्रबार | प्रकाशित ०८:४५:४७
सोलुखुम्बुमा एउटै अण्डाको मूल्य ६६ रुपैयाँ !

सोलुखुम्बु

सोलुखुम्बुको नाम्चेमा कुखुराको अण्डा प्रतिगोटा ६६ रुपैयाँ सम्ममा किनबेच हुने गरेको छ । पछिल्लो समय खाद्यान्न ढुवानी ठप्प भएपछि होटल व्यवसायीले एउटा अण्डा खरिदमा ६० रुपैँया भन्दा माथि तिर्नु परेको हो ।

एक साता देखि नयाँ सामान ढुवानी हुन नसक्दा पुरानो भण्डारणमा नै कालोबजारी भएको व्यवसायीहरुले आरोप लगाएका छन् । एक कार्टुन अण्डाको १४ हजार रुपैयाँसम्म किनबेच भएको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए । कार्टुनमा २ सय १० वटा अण्डा हुने भएकाले प्रति अण्डा ६६ रुपैँया परेको हो । जबकि त्यही अण्डा सदरमुकाम सल्लेरीमा १५ रुपैँयामा किनबेच भइरहेको छ । नाम्चेमा अण्डाको यो दर चार गुणाले बढी हो । अण्डा अभावमा ग्राहकबाट अण्डाको आईटमको अर्डर नै लिन छाडेको स्थानीय होटल व्यवसायी छिमिकाल्देन शेर्पाले बताए ।

व्यवसायी शेर्पाले नाम्चेमा भएको कालो बजारी नियन्त्रण गर्न सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए । त्यसैगरी नाम्चेमा अण्डा मात्रै नभएर तरकारी र खाद्यान्नको समेत अभाव छ । पर्यटकीय सिजन शुरु भएर होटल खोल्न आएका व्यवसायीहरु तरकारी अभावमा व्यवसाय चलाउन नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
कारोबारबाट

धेरै पढिएको