smart doko

अब विदेशमा उपचार गराए राज्यबाट खर्च नपाउने, बिधेयक पारित

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २९ शुक्रबार | प्रकाशित १५:३७:२४
अब विदेशमा उपचार गराए राज्यबाट खर्च नपाउने, बिधेयक पारित

अब विदेशमा गएर उपचार गराउने विशिष्ट व्यक्तिहरुलाई सरकारले खर्च नदिने भएको छ । प्रतिनिधि सभाले विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने गरी बिधेयक पारित गरेको हो । शुक्रबारको प्रतिनिधि सभा बैठकले  पारित गरेको जनस्वास्थ्य बिधेयकमा यस्तो प्रावधान राखिएको हो । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने उल्लेख गरी परिमार्जित बिधेयक तयार गरेको थियो । परिमार्जित बिधेयकमा  ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’ भन्ने दफा थपिएको थियो । थपिएका संशोधनलाई स्वीकृत गर्दै विधयेक पारित भएको हो  । यस संगै विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न  छैन । 

यो विधेयकमा गगन थापा र खगराज अधिकारीले स्वदेशमा उपचार नगरी आफूखुसी विदेशमा उपचार गराउने कुनै पनि व्यक्ति, वर्तमान तथा पूर्व विशिष्ट लगायतलाई कुनै पनि निकायबाट सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलव्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए। यो सहित विधेयकमा ३२ जना सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए  ।

त्यस्तै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सरकारले तोकेको समयमा अन्यत्र काम गर्न नपाउने ब्यवस्था पनि बिधेयकले गरेको छ ।

 बिधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागु हुनेछ  ।