suv

निम्बससँग जोरी खोजेका उद्योग मन्त्री आफै 'ब्याक'

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २९ शुक्रबार | प्रकाशित १६:२१:४०
निम्बससँग जोरी खोजेका  उद्योग मन्त्री आफै 'ब्याक'

निम्बस समुहको खानेतेल उद्योगमा छापा मारेर शिलबन्दी गरेपछि बिबादमा तानिएका उद्योगमन्त्री मात्रिका यादव अन्ततः 'ब्याक' भएका छन् । मन्त्री यादवले उद्योगमा पुर्ण रुपमा प्रशोधित तेलको नमुना नलिई प्रशोधनको क्रममा रहेका नमुना ल्याएर उद्योग बन्द गराएका थिए । मन्त्रीको यस्तो हर्कतपछि चौतर्फी बिरोध भएको थियो  ।

उक्त खानेतेल उत्पादक कम्पनीका रुपमा प्रोबायोटिक इन्डष्ट्रिज प्रालीले उद्योग बन्दको कारण खोज्दै न्यायालयमा रिट दायर गरेको थियो । उद्योगीले बिहीबार बिहानै न्यायालयमा दिएको रिट निवेदन फिर्ता लिएको थियो  । उधोगले मुद्धा फिर्ता लिएपछि बाणिज्यले उधोगमा लगाइएको ताला खोलेको हो ।

गत साउन २३ गते एक कार्यक्रमको सिलसिलामा बिरगन्ज पुगेका बेला उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका यादवले छड्के शैलीमा निम्बस समुहको खानेतेल उद्योगमा छापा मारेका थिए । त्यसै क्रममा मन्त्रीले प्रशोधनको क्रममा रहेका ११ वटा तेलका नमुना संकलन गरेर ल्याई त्यसको २ सातापछि जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गरि उक्त खानेतेल उद्योगमा सिलबन्दी गर्न आदेश दिएका थिए ।  

नियमानुसार कुनै बस्तुको गुणस्तर परिक्षण गर्न पुर्ण रुपमा प्रशोधित बस्तुको नमुना ल्याउनु पर्छ । अचम्म त के छ भने ति नमुनामा समस्या देखिएको भनेर कुनै नमुना परीक्षण प्रतिवेदन वा प्रमाणपत्र कम्पनीलाई दिइएको छैन् । उद्योगबाट संकलित नमुनामा समस्या देखिएको भए त्यसबारेमा सरकारले लिखित पत्राचार गरेर वा प्रतिवेदन सार्वजनिक गरेर प्रष्ट जानकारी गराउनुपर्ने हुन्छ ।

‘उद्योगमा सिलबन्दी पुर्व संकलित नमुनामा फ्याटी एसिड देखिएको भनिएपनि त्यहि जानकारी समेत सम्बन्धीत उद्योगलाई किन उपलब्ध गराउन आवश्यक ठानिएन ।’ प्रोबायोटिकका कर्मचारीको प्रश्न छ । प्रोबायोटिकका तर्फबाट जिल्ला प्रशासन कार्यालयलाई प्रतिवेदन उपलब्ध गराउन माग गर्दै निवेदन दिएपनि त्यसको जवाफ आएको छैन ।

लगतै मन्त्री यादवले एउटा गल्ति लुकाउन पुन: अर्को गल्ति गरेका थिए  । तालाबन्दी गरेको २ सातापछि मन्त्री यादवले आफ्नो भनाई नै फेरेका थिए । उद्योग मन्त्रालयमा केहि पत्रकार बोलाएर आफु उद्योगमा पुग्दा तोरी नपाएको उनको भनाई थियो । निम्बसले नेपालमा उत्पादन गर्ने स्वीकृती लिए पनि विदेशबाट तोरीको तेल ल्याएर विक्रि गरेको उनको कथन थियो ।

उद्योगमा तोरी नदेखेकाले उत्पादित तेल विदेशबाट ल्याएको भन्ने मन्त्रीको भनाई आफैमा हास्यास्पद थियो । प्रोबायोटिक इण्ड्रष्ट्रिज प्रालीको व्यन्जन तेल नेपाल गुणस्तर तथा आइ एसओ सर्टिफाइड उत्पादन हो । नेपालको एक मात्र आइएसओ सर्टिफाइड तेल भनेर व्यन्जनले आक्रामक बजार निती अख्तियार गर्दै आएको छ  । यदि व्यन्जनको गुणस्तरमा समस्या भएमा नेपाल गुणस्तर सर्टिफाइड खोसिन सक्छ ।

यो पनि 

निम्बससँग जोरी खोज्न खोज्दा उद्योगमन्त्री मात्रिका यादव फस्दै

धेरै पढिएको