suv

बलात्कार हुनवाट जोगिने गुरु तारा गुरुङको प्राक्टिकल उपाय (भिडियोमा)

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २१ आईतवार | प्रकाशित १५:४२:०३
बलात्कार हुनवाट जोगिने गुरु तारा गुरुङको प्राक्टिकल उपाय (भिडियोमा)

गत बर्ष मुलुकभरीवाट १४ सयभन्दा बढी बलात्कारका घटना दर्ता भए । यस वर्षको कुरा गर्ने हो भने बलात्कार र बलात्कारपछि हत्या गरिएका घटनामा बढोत्री भएको देखिन्छ । यी मध्ये कतिलाई कारर्वाही भयो वा भएन ? यो भिन्न खोजीको विषय हो । मुल प्रश्न बलात्कारका घटना कसरी रोक्ने भन्ने नै हो ।

समाजमा बलात्कारका घटना कसरी रोक्न सकिन्छ ? धेरैले दिने एकमुस्ट जवाफ हो, चेतनाको स्तर उकास्नु पर्छ । सही जवाफ भएपनि यो अमूर्त र अफ्टेरो जवाफ मानिन्छ । तर, निश्चित उमेर पुरा गरेकाहरुको हकमा भने मार्शल आर्टका खेलाडीहरुसँग उचित र रवाफिलो जवाफ रहेको हुन्छ । यही प्रश्नको जवाफ खोज्दै हामी वानेश्वरमा रहेको देउराली क्लवमा पुग्दा त्यहाँ एक हुल विद्यार्थिहरु कराँते सिक्दै थिए ।

केही छिनमा आइपुगिन् यस डोजोकी गुरु तारा गुरुङ । र, उनी पनि आफ्ना चेला चपेटालाई मच्चीमच्ची कराते सिकाउन थालिन् । हामीले कुराकानीमा  कराँतेकी गुरु तारा गुरुङलाई आम युवती र महिलालाई पुरुषवाट जोगिने उपाय मागिम् । उनले त्यो उपाय सुरुमा मौखिक रुपमा वताइन् र पछि प्राक्टिकल नै गरेर देखाईन् । हेर्नुहोस् भिडियोमा