suv

अब बोलेरै फेसबुक मेसेन्जरमा मेसेज पठाउन सकिन

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २१ आईतवार | प्रकाशित १९:०७:२१
अब बोलेरै फेसबुक मेसेन्जरमा मेसेज पठाउन सकिन

एजेन्सी । फेसबुकले आफ्नो मेसेन्जर प्लेटफार्मको लागि वायर कमाण्ड फीचर परिक्षण गर्दैछ । यस फिचरमा, फेसबुक प्रयोगकर्ताले बोलेर नै मेसेज टाइप नगरीकनै जो कोहीलाई मेसेज पठाउन सक्नेछन् । यो नयाँ फिचरको प्रयोग गरेर फेसबुक प्रयोगकर्ताले आफ्नो फ्रेण्ड लिस्टमा भएका साथीलाई मेसेन्जरको मद्दतले भ्वाइस कल पनि गर्न सक्नेछन् ।

यसबाहेक, यस फिचरले मेसेन्जर प्रयोगकर्तालाई रिमाइन्डर सेट गर्न पनि मद्दत गर्नेछ । यो जानकारी शुक्रबार प्रकाशित गरिएको रिपोर्ट टेकक्रन्च नामको टेक वेबसाईटबाट बाहिर आएको थियो ।

कोडिङको मद्दतले पत्ता लागेको थियोः

१. टेक वेबसाइटले मेसेन्जरको एन्ड्रोइड भर्सनको कोडिङबाट पत्ता लगायो कि मेसेज स्क्रीनको शीर्षमा एम (M) सहायक नामको बटन दिईदैछ । भ्वाइस कमाण्ड फिचर यो बटनको मद्दतबाट एक्टिवेट हुन सक्छ । यो फिचर एक्टिवेट भएपछि, मेसेन्जर प्रयोगकर्ताले बोलेर सबै सुबिधा प्राप्त गर्नसक्छन् ।

२. भ्वाइस कमाण्ड फिचरको मद्दतले मेसेन्जर प्रयोग गर्न सजिलो हुनेछ । मानिस ड्राइभिङको समयमा पनि मोबाइल नछोई सबैलाई सन्देश पठाउन सक्नेछन् । फेसबुकको यो सुविधाले भाषामा टाइपिङको समस्या भएकाहरुलाई पनि मद्दत गर्नेछ ।

३. रिर्पोटपछि, फेसबुक मेसेन्जर प्रवक्ताले कम्पनीले आवाज कमाण्ड फिचरको परीक्षण गरिरहेको स्वीकार गरेका छन् । उनले आफ्नो प्रयोगकर्तालाई धेरै सुविधा दिन सहयोगीहरुसँग मिलेर नयाँ परिक्षण गर्दै आएको बताए ।

४. यो उल्लेखनिय छ कि पहिले नै यो रिपोर्ट गरिएको थियो कि फेसबुकले मेसेन्जरका लागि एलोहा भ्वाइस एसिस्टेन्ट प्रोजेक्ट अन्तर्गत स्पीच ट्रान्सक्रिप्शन फिचर पनि परिक्षण गरेको छ ।