suv

'१५ वर्ष बालबालिकाको भविष्य बनायौं, अहिले हामीले के पायौं'

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २२ सोमबार | प्रकाशित १६:४०:१०
'१५ वर्ष बालबालिकाको भविष्य बनायौं, अहिले हामीले के पायौं'

रिस्ता राई/काठमाडौं । ‘१५ वर्षसम्म बालबालिकाहरुको भविश्य बनाउनमा लाग्यौं । अहिले आएर राज्यले नै हामीलाई लखेट्न थाल्यो । अब हामीले कसरी आफ्नो पेट पाल्ने’ रौतहटबाट काठमाडौं आएकी राहत शिक्षक शोभाकुमारी चौधरी आफ्नो गुनासो यसरी पोख्दै थिईन् । उनले जागीर गर्न थालेको पनि डेढ दशक भईसक्यो ।

राहत शिक्षकको रुपमा कार्यरत भएको डेढ दशकमा स–साना नानी बाबुको भविश्य बनाउ व्यस्त थिईन्, उनी । तर अहिले आएर राज्यले सबै राहत तथा अस्थायी शिक्षकहरुलाई हटाउने नीति ल्याएपछि उनीजस्तै ४० हजार भन्दा बढी  राहत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

‘जतिबेला देशमा द्वन्द्व चर्किएको थियो । राज्यले गाउँ गाउँमा शिक्षकहरु पठाउने अवस्था थिएन् । त्यो बेला आफ्नो ज्यानको बाँजी थापेर भएपनि एकदमै न्यून सेवा सुविधामा विद्यार्थीहरुको भविश्य बनाउनतिर लाग्यौं । अहिले आएर आफ्नो रोजीरोटी नै धराप पर्‍यो’ निकै आक्रोशपूर्ण रुपमा उनले भनिन् ।

सरकारले गरेको राहत शिक्षक खारेज गर्ने निर्णयमा उनी विरोध गर्न रौतहटबाट काठमाडौं सम्म आएकी हुन् । राहत शिक्षकलाई राज्यले भेदभाव गरेको विरोधमा छातीमा पर्चा टाँसेर माग पुरा हुने आशमा मध्यान्हको घाममा बसेकी थिइन् उनी ।

परिवार विचल्ली हुने भएपछि विरोधको लागि परिवार बालबच्चा छाडेर काठमाडौं आएकी हुन् । काठमाडौं आउनेमा उनी मात्र एक्ली राहत शिक्षक होईन् १५ हजार भन्दा बढी शिक्षकहरु अन्तिम लडाईको लागि भन्दै काठमाडौं आएका हुन् ।

गाउँ नजिकैको आदर्श सामुदायिक प्राथमिक विद्यालय, खतवैयामा लगभग १४ वर्षदेखि उनी राहत शिक्षकको रुपमा कार्यरत छिन् । उनको परिवारमा १२ जना सदस्य छन् जुन परिवार पाल्न उनको त्यो शिक्षण पेशाको तलबले एक छेउ पनि पुग्दैन् ।

त्यही भिडमा भेटिए बर्दिया ५ का डम्बर बहादुर भण्डारी । जो शारीरिक अशक्त छन् । उनको देब्रे खुट्टा अपाङ्ग छ, तर सरकारको निर्णयविरुद्ध विरोध गर्न बदिर्याबाट काठमाडौं सम्म आएका हुन् । उनी पनि आईतबार मध्याह्न माईतिघर मण्डलादेखि बानेश्वरसम्मको विरोध र्‍यालीमा थिए । १० वर्ष राहत शिक्षकको रुपमा काम गरे तर अहिले आएर आफुलाई लत्याउन खोजिएको उनको आरोप छ ।

उनी समग्रमा सबै शिक्षकलाई कुनै किसिमको भेदभाव सिर्जना नगरी समान अधिकार हुनुपर्ने बताउँछन् । उनी जस्ता धेरै राहत शिक्षकहरु विद्यार्थीको भविष्यको लागि सेवा गर्दागर्दै उमेरले बुढेसकाल लागिसकेका छन् । यो उमेरमा रिटायर जीवन बिताएर घर जानुपर्ने समय खाली हात जानुपर्ने ताकी आफुसँगै काम गरेका स्थायी शिक्षक साथीहरु उपहार र मोटो रकम लिएर घर फर्कन्छन् ।

यो असमान भएको गुनासो पोख्दै केही सुविधा सरकारले गरियोस भन्ने उनको भनाई छ । उनी ७ जना परिवारको पालनपोषण गर्दै आइरहेका छन् । आफु अपाङ्ग भएपनि आफ्नो पेशाले बुढा बुबाआमा र छोराछोरी पालिरहेको छन् । काम छाडेपछि के काम गरेर आफ्नो परिवार पाल्ने भन्ने चिन्ता त छदै छ, स्वास्थ्य र उमेर पनि नभएकोले भोलीको चिन्ताले उनलाई गाँजेको छ ।

यस्तै अर्की उदयपुर रौतामाई गाउँपालिकाबाट दुई शिक्षिका मिलेर विरोधको लागि आइपुगेका थिए । दुर्गा राईले १४ वर्ष भयो राहत शिक्षकको पेशा अंगालेको । उनी उदयपुर भोर्लेनी २ स्थित भैरुङ आधारभुत विद्यालयमा अध्यापन गराउँछिन् । अब उमेर छैन के काम गर्नु, रोजगारको लागि बाहिर जाउँ त उमेर ढल्किसक्यो यस्तै–यस्तै चिन्ताले उनलाई गाँजेको छ । ‘छोराछोरी हुर्किदैछन् उनीहरुको भविष्य कसरी बनाउने’ उनी राज्यप्रति गुनासो गर्दैथिईन् ।

यिनीहरु त मात्र प्रतिनिधी पात्र हुन् जो सरकारको निणर्यको विरोधमा छन् । उनीहरु जस्ता ४० हजार राहत शिक्षकहरु स्वतः स्थायीको माग गर्दै आएका छन् । आफ्नो मात्र नभएर आफ्नो बालबच्चाको भविष्य अन्धकारमा जाने र परिवार कसरी पाल्ने भन्ने नेपाल भरका ४० हजार राहत शिक्षकको मनमा ढोल बजेको छ ।