suv

परीक्षा नियन्त्रक शर्मा भन्छन्, ‘म अब ६० दिनमै रिजल्ट निकाल्छु’

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २३ मंगलवार | प्रकाशित १४:५५:१५
परीक्षा नियन्त्रक शर्मा भन्छन्, ‘म अब ६० दिनमै रिजल्ट निकाल्छु’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते कक्षा ११ को परीक्षा सार्वजनिक गरेको थियो । वोर्डले कक्षा ११ को नतिजा ३ महिना ८ दिनमा नै सार्वजनिक गरेको हो । परीक्षा एकैपटक भए पनि पहिला विज्ञान विषय लिएर पढेका विद्यार्थीहरुको परीक्षाफल प्रकाशित हुने र त्यसको केहि सातापछि अन्य परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित हुने परम्परा यस बर्षबाट तोडिने भएको हो ।

बोर्डको नयाँ परीक्षा नियन्त्रकमा कृष्ण शर्मा नियुक्त भएसँगै परीक्षाफल ३ महिनामै सार्वजनिक गरिएको हो । विगतका वर्षहरुमा यो नतिजा सार्वजनिक गर्न झण्डै ८/९ महिना लाग्थ्यो । तर बोर्डले पहिलो पटक नतिजा ३ महिनामै सार्वजनिक गरेको हो । बोर्डले यति चाँडो नतिजा सार्वजनिक कसरी गर्‍यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मासँग कुराकानी गरेका छौंः

१) पहिलो पटक कक्षा ११ को नतिजा कसरी ३ महिनामै सार्वजनिक गर्न सम्भव भयो ?
यो वर्ष तीन महिना ८ दिनमा रिजल्ट निकालिएको छ । परीक्षा चाडै आउनु भनेको इच्छा शक्ति हुनुपर्‍यो । मिहेनत गरी टिमलाईसँगै लिएर परिचालन गर्नुपर्यो । कामहरुलाई परीक्षा सञ्चालन देखि लिएर नतिजा प्रकाशन सम्मका चरणहरु चाहे त्यो परीक्षा सञ्चालनको समयमा उत्तरपुस्तिका प्याकिङ गर्ने, परीक्षा केन्द्रबाट कलेक्शन गर्ने, कोडिङ, परिक्षण, सम–परिक्षण जस्ता कामहरुलाई समानान्तर ढङ्गले लानुपर्छ । यसरी काम गरे छिटो रुपमा फत्ते हुन्छ ।

२) विगतका वर्षमा ८–८, ९–९ महिनासम्म के गरेर बस्दा रहेछन त्यसो भए ?
विगतमा परीक्षा नियन्त्रणले कसरी गरे थाहा छैन तर मैले यो वर्ष उत्तर पुुस्तिका परिक्षण र सम–परिक्षण कार्य सँगै लिएर गए । उत्तर पुस्तिका परीक्षण र समपरीक्षणको काम संगै गरिदिए । अनि सम परीक्षणले काम सकाउने वित्तिकै कम्प्युटरमा ट्याग इन्ट्री पनि सुरु गराए । इन्ट्री सुरु हुँदाहुँदै जति इन्ट्री हुन्छ त्यो उल्लेख पनि सुरु गराइहाले । यी सबै कामहरुलाई तीन स्पिडका साथ समानान्तरले लगेको हुँदा छिटो काम सम्भव भएको हो ।

३) चाडै परीक्षा परिणाम प्रकाशनले कतै विद्यार्थीको रिजल्टमा तलमाथि त भएको छैन नि ?
चाडै रिजल्ट प्रकाशन गरेकोमा विद्यार्थीको रिजल्टमा तलमाथि भएको छैन । परीक्षण नगरि सम परिक्षण कार्य हुँदैन, सम–परीक्षण नगरी ट्याग इन्ट्री हुदैन । त्यो परीक्षण गर्ने चरण पुरा नगरी सम्भव छैन । कसैले नकारात्मक विचारले सोच्नेहरुले त्यो भन्न सक्ने ठाउँमा छ । यहाँको काम स्टिम नबुझि यो भन्न मिल्दैन ।

हिजोको दिनमा कापी परीक्षण गर्न १०, १५ दिन लगाइदिने गरिन्थ्यो भने अहिले एउटा मान्छेलाई १ रोल भन्दा बढी कापी नदिने र ४ दिन भित्र परिक्षण सकिसक्नु पर्ने व्यवस्था गरिएको । र १ रोल कापी परिक्षण गर्नेलाई एक दिनको ५० रुपैयाँ दिएको । कापी परीक्षण गर्नलाई घर लग्न नदिई केन्द्र निर्धारण गरिएको थियो । परीक्षण केन्द्रमा शिक्षकहरुलाई बोलाएर पुरै दिन कापी चेक गर्न लगाएको ।

४) यो वर्ष मात्र होकी अब यस्तै निरन्तर हुन्छ ?
म कन्ट्रोलर रहुन्जेल यसमा अझ प्रयास गर्नेछु । कक्षा १२ को यो वर्ष ८४ दिनमा प्रकाशन गरियो भने यसलाई ६० दिनमा प्रकाशन गर्ने कार्ययोजना प्रस्तुत गर्नेछु । तर राज्यले मलाई चाहिने भौतिक पुर्वाधार, म्यानपावर र सर्पोट व्यवस्था गरिनुपर्छ ।