suv

बिना ३ विकेटको क्षतिमा नेपालद्वारा चीन पराजित

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २४ बुधबार | प्रकाशित ०९:०८:५९
बिना ३ विकेटको क्षतिमा नेपालद्वारा चीन पराजित

काठमाडौँ । आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को पाँचौं खेलमा आज नेपालले कमजोर टोली चीनलाई हराएको छ । जारी प्रतिश्पर्धामा चीनले दिएको २७ रनको तार्गेटलाई नेपालले बिना वीकेटको क्षतीमा १.५ ओभर खेल्दा भेटाएको थियो ।

यस विचमा नेपालले २९ रन जोडेको थियो । चीनले १३ ओभरमा सबै वीकेट गुमाएर जम्मा २६ रन मात्र बनाएपछि नेपालले २७ रनको लक्ष्य पाएको थियो । जारी खेलमा यो नेपालको पाँचौं जित हो ।

नेपालले यस अभि नै लगातार चौंथो जित निकाल्दै अघिल्लो चरण प्रवेश पक्का गरिसकेको छ । यता चीन भने आफूले खेलेका सबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको थियो । नेपाल समूहको शीर्ष स्थानमा रहँदा चीन भने पुछारमा छ । नेपालसँगै सिंगापुरले पनि दोस्रो चरणमा स्थान पक्का गरेको छ ।