suv

रामवीर मानन्धर भन्छन्, ‘काठमाडौं ७ बाट बामदेवले नै चुनाव जित्छन्’

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २४ बुधबार | प्रकाशित १४:३०:२८
रामवीर मानन्धर भन्छन्, ‘काठमाडौं ७ बाट बामदेवले नै चुनाव जित्छन्’

काठमाडौं । नेकपा नेता बामदेव गौतमको लागि काठमाडौं ७ बाट रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यको पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार राजीनाको घोषणा गरेका थिए । उनको घोषणासँग अब काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुनेछ ।

यतिबेला उपचुनावको चर्चा पनि सुरु भएको छ अर्कोतिर उम्मेदवारको परिचर्चा पनि हुन लागेको छ । यसैविषयमा हामीले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरसँग कुराकानी गरेका छौंः

१) तपाईले पार्टीको निर्देशनमा राजीनाको घोषणा गर्नुभएको हो ?
जनता भनेको जनताजर्नादन हो । जनताले चाहेको कुरा राजनीति गर्ने होइन् । उनीहरुले विकास चाहेको हो । एउटा विकासको अहिलेको अभियानमा हिजो ७० वर्षको लागू कार्यकालपछि प्राप्त गरेको यो संविधान हो । संविधान कार्यान्वयको लागि चुनाव भएको हो । चुनाव भएर अहिले बल्ल बल्ल एउटास्थिर सरकार आएको छ । जनतालाई विकासको समृद्धिसँग जोड्नको लागि केहि अभावहरुलाई हामीले मिलाउनुपर्छ किनभने कानुन बनाउन अझै धेरै कुराहरु गर्नुछ । त्यो भित्र पार्टीको धेरै अभावहरुलाई पनि मिलाउनु छ । हामीले अलि–अलि अप्ठ्यारा परेका कुराहरु व्यवस्थापन गर्नु छ अदालतमा पार्टीले निर्णय सच्याएको हुन सक्छ ।

२) बामदेव गौतमलाई संसदमा ल्याउनको लागि तपाई हतियार बन्नुभएको हो ?
पार्टी हामी सबैको हो र मेरो पनि हो । टिकट दिएको पार्टीले, पार्टीकै कारण हामीले चुनाव जित्यौं । टिकट नदिएर म एक्लै लडेर चुनाव जित्दैन । सबै भन्दा महत्वपूर्ण कुरा भनेको पार्टीको निर्णय हो । पार्टीले गरेको निर्णयको कृयाकलापलाई मैले इमान्दारी पूर्वक मान्नुपर्छ ।

३) राजीनामा दिएपछि अब तपाई जनताको घरदैलोमा जानुहुन्छ होला ? अनि के भनेर जाने ? आम मतदातालाई के भन्ने ?
मैले फेरि जोडे राजनीतिसँग जनता अहिले जोडिएको कारण विकास नभएर हो । विकास भयो भने जनतालाई केहि आधारभूत कुरा हामीले मिलाई दियौ भने यो कुरा चाँही आउँदैन् ।

विकासशिल राष्ट्रमा हेर्ने हो भने उनीहरुले राष्ट्रपतिलाई पनि चिनेको हुदैन् । नेपाल मात्र यस्तो देश हो जहाँ भोट हाल्दा पनि लाइन बस्नुपर्छ । विकास भइसकेपछि कसैले पनि यो विषयमा छानबिनको चासो मै जादैन् । अहिले राजनीति मात्र भएकोले गर्दा विकास नभएको हो ।

४) अब तपाईको राजीनामापछि बामदेव गौतमले जित्ने आधार के हुन् ?
जित्ने आधारहरु तपाई हामी जस्तै कार्यकर्ता हुन् । मैले गरेको मेरो कृयाकलाप र पार्टीको संगठन नै जिताउने एउटा अभियान र कडी हो । यो कडी हाम्रो घर आगन सबै कार्यकर्ताहरुले भरिएको छ । हामीले एउटा स्थानीय निर्वाचनमा हामीले सबै भन्दा बढि जितेको ठाँउ पनि यहि नै हो ।

५) बामदेब पटक पटक पराजित हुँदै आउनुभएको नेता हो अब जनताले कसरी विश्वास गर्लान ?
देशरभ १६५ क्षेत्रहरु छन् । १६५ वटा क्षेत्रमा सबै जनाले चुनाव लडेको सबै जनाले जितेका त होइन नि । एक पटक जित्ने र एक पटक हार्नेको मूल्यांकन विषय बनाउँदैनौं । आन्दोदनमा लागेर यत्रो वर्ष बिताउने सबै कुरा देश र जनताको लागि हो ।

६) राजीनाको बदलामा तपाईले के के डिमान्ड गर्नु भएको छ त पार्टीसँग ?
मैले त्यस्तो केहि मागेको छैन् । अहिले सम्म तर एउटा पार्टीले धेरै कुरा दिन सक्छ । म राष्ट्रियसभामा जान र मन्त्री हुन लायकको नेता हुँ । पार्टीले निर्णय गरेर दियो भने त्यो पनि बन्न सक्छु ।