suv

एकहप्ताका लागि नौबिसे–नागढुङगा सडकमा ठूला मालबाहक सवारी प्रवेश रोक

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २५ बिहीबार | प्रकाशित ०८:३३:३५
एकहप्ताका लागि नौबिसे–नागढुङगा सडकमा ठूला मालबाहक सवारी प्रवेश रोक

धादिङ

नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाइएको छ । बुधबार देखि एक हप्ताका लागि रोक गराइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए ।

‘चाडपर्व मनाउन राजधानीबाट पूर्वपश्चिम जाने सवारीको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाएका हौँ’ बिकले भने, ‘यात्रुहरुलाई सहज र सजिलैसँग गन्तव्यमा पुर्‍याउन चितवन जिल्लादेखि नै प्रवेशमा रोक लगाएका छौँ ।’ नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन सडक विभागको अनुरोधमा प्रहरीले रोक लगाएको हो ।

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालवाहक सवारीका कारण नौविसे–नागढुङगा सडक खण्डमा सवारी जाम हुने गरेको छ । यात्रुहरुलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन ठाउँठाउँमा प्रहरी पनि परिचालन गरिएको प्रहरी उपरीक्षक विकले बताए । चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुलाई सहज र सजिलो बनाउनका लागि मालबाहक सवारी प्रवेश रोक लगाएको प्रहरीले जानकारी दिएको छ ।

मालवाहक सवारीका साधनहरुले क्षमता भन्दा बढि भार बोकेर राजधानी प्रवेश गर्ने गरेका छन् । बढी भार बोकेर काठमाडौँ प्रवेश गरेका मालबाहक सवारी साधन उकालोमा बिग्रने गरेर जाम लाग्ने गरेको छ । जसका कारण राजमार्ग हुदै राजधानीबाट बाहिरिने र भित्रने सयौं सवारीका हजारौं यात्रुहरुले यात्राका क्रममा झन्झट बेहोर्नु परेको छ । चितवन जिल्लादेखि नै राजधानी प्रवेश गर्ने मालवाहक सवारीलाई रोकिने बताईएको छ ।
नागरिकबाट