suv

आजका लागि बोलाइएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २५ बिहीबार | प्रकाशित ०८:५९:५०
आजका लागि बोलाइएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ ।

आजका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरु काठमाडौँ उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनु परेकाले स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेता विभिन्न जिल्लाका निर्धारित कार्यक्रममा व्यस्त हुनुहुन्छ । असोज २५ गतेको बैठकमा छलफल हुने भनिएको नेपाल विद्यार्थी सङ्घको विधानका सम्बन्धमा अब पार्टीले गठन गरेको निर्देशक समितिमा छलफल हुने बताइएको छ ।
रासस