suv

निर्मला काण्डमा मुछिएका एसपीका छोराले लेखे प्रधानमन्त्रीलाई खुला पत्र

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २५ बिहीबार | प्रकाशित १२:५१:५२
निर्मला काण्डमा मुछिएका एसपीका छोराले लेखे प्रधानमन्त्रीलाई खुला पत्र

काठमाडौं । चर्चित निर्मला पन्त हत्या काण्डमा मुछिएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरणले प्रधानमन्त्रीलाई खुला पत्र लेखेका छन् । आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै न्यायको लागि प्रधानमन्त्रीलाई खुला पत्र लेखेका हुन् ।

उक्त घटनामा मेरो संलग्नता नरहेको भन्दै काल्पनिक भ्रामक र तथ्यहीन आरोप लगाएको उनको भनाई छ । आफुलाई लगाईएको भ्रामक र तथ्यहीन आरोपले मानसिक अवस्था, सामाजिक प्रतिष्ठा, वृति विकास र पारिवारिक अवस्थामा गम्भीर प्रभाव परेको भन्दै न्यायको लागि प्रधानमन्त्रीलाई खुला पत्र लेखेका हुन् ।

किरणले प्रधानमन्त्रीलाई खेलेको खुलापत्र जस्ताको त्यस्तैः

सम्माननीय प्रधानमन्त्री ज्यूलाई खुला पत्र

मिति : २०७५/०६/२४

सम्माननीय प्रधानमन्त्री ज्यू,

                                                बिषय: न्यायको लागि खुला पत्र |

महोदय,

उपरोक्त सम्बन्धमा मेरो नाम किरण राज बिष्ट स्थाई ठेगाना दार्चुला हाल महेन्द्रनगर कंचनपुरमा बसोबास गर्दै आइरहेकोमा मलाई मिति २०७५ श्रावण १० गते घटेको निर्मला पन्त बैनीको बलात्कार पछि हत्याको दुखद घटनामा मेरो कुनै संलग्नता नभए पनि मलाई काल्पनिक भ्रामक र तथ्यहीन आरोप प्रत्यारोप लगाई बिभिन्न सामाजिक संजालहरुले मेरो चरित्र हत्या गरिएकोमा मेरो मानसिक अवस्था, सामाजिक प्रतिष्ठा, वृति विकास  र पारिवारिक अवस्थामा परेको  गम्भीर प्रभावलाई ध्यानमा राखी सामान्य नेपाली सामान्य नागरिकको हैसियतले सम्माननीय प्रधानमन्त्री ज्यूबाट तपसिल बमोजिमका बुदाहरुमा न्यायको लागि सुनुवाई हुने अपेक्षाका साथ खुला बिन्ति पत्र पेश गरेको छु|

  • online khabar ले घटना भएको १ माहिना पछि मिति २०७५ भाद्र ९ गते पहिलो पटक मेरो चरित्र हत्या हुने गरि झुटो तथ्यहीन र काल्पनिक समाचार प्रेषण गरेको र पटक पटक जनमानसमा म प्रति नकारात्मक प्रभाव पर्ने र चरित्र हत्या हुने गरि कंचनपुरको पत्रकार खेम भण्डारी र निजको प्रत्रिका मानसखण्डले  जनआक्रोश बढ्ने गरि तथ्यहिन, काल्पनिक र भ्रामक समाचार प्रकाशित गर्दै आएरहेको |
  • श्रावण १० गते महेन्द्रनगरस्थित होटेल ओपेरामा photoshoot कार्यक्रम रहेको र उक्त कार्यक्रम मोडेल एउटा जनासहित जम्मा ५ जना थियौ | Photoshoot सम्बन्धि सम्पूर्ण विवरण जिल्ला प्रहरी कार्यालय कंचनपुरमा पेस गरि सकेको छौ  र कार्यक्रममा उपस्थित  व्यक्तिहरुले आफ्नो भनाइ पनि राखी सकेका |
  • त्यहि दिन संयोग बस निर्मला पन्त बहिनिको दुखद घटना भएको रहेछ र उक्त घटनालाई लिएर सामाजिक संजालमा प्रत्यक्ष रुपमा केहि सामाजिक संजालहरुमा सुनियोजित रुपमा काल्पनिक, तथ्यहिन र भ्रामक कुराहरु प्रेषित गरेर मेरो चरित्र हत्या गर्ने काम भएकोमा म र मेरो परिवार अत्यन्त दुखित छौ | यस्तो गलत समाचारको कारणले पटक पटक सोधपुछ गर्ने देखि लिएर मेरो DNA परिक्षण सम्म गरियो र केहि व्यक्तिहरुले जनमानसमा म प्रति योजनाबद्ध रुपमा नकारात्मक अफवाह फैलाउने कार्य गरिहरेको |
  • जिल्ला प्रहरी कार्यालय कंचनपुरको नया कार्यालय प्रमुख ज्यूले पटक पटक मेरो यस घटनामा संलग्नता छैन भन्दा भन्दै र अनुसन्धानबाट प्राप्त नतिजाले पनि संलग्नता नभएको पुष्टी हुदा हुदै पनि केहि सामाजिक संजालहरुमा सुनियोजित रुपमा जबरजस्ती आफै अनुसन्धान गर्ने र आफै न्यायको फैसला गर्ने जस्ता कार्यहरु भैरहेको |
  • अन्य संकास्पद व्यक्तिहरुको DNA परिक्षण गर्दा नमुना र प्राप्त नतिजा सम्मानजनक भएको भनेर सामाजिक संजालमा उल्लेख गर्ने र त्यहि बिधिद्वारा मेरो DNA परिक्षण गर्दा नमुना पनि गलत र प्राप्त नतिजा पनि गलत भनेर समाचार प्रेषण गर्ने र आफ्नो भनाइ मात्र सबै सत्य र अन्य सबै गलत भन्ने प्रवृति देखिएको |
  • राष्ट्रिय मानव अधिकार आयोग र उच्च स्थरिय छानबिन समितिले प्रतिबेदन पेश तथा सार्वजनिक गर्दा सबै पक्षलाई समेटेर प्रतिबेदनमा उल्लेख गर्नुपर्नेमा म लगायत मेरो परिवार र उक्त दिनमा म संग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसै संगपनि सोधपुछ तथा बुझ्ने कार्य नगरी एक पक्षीय रुपमा प्रतिबेदन तयार गरिएको देखिएको | के यसमा मेरो मानव अधिकारको आटाएन र ?
  • बम दिदीबहिनी, निर्मला पन्थ र मेयरका भतिजा आयुश बिष्टलाई कहिले नदेखेको, नचिनेको र नभेटेको साथै  कुनै पनि सम्बन्ध नरहेको कुरा मेरो कल डिटेल, उक्त दिनको लोकेसनले पनि मेरो कुनै सम्पर्क र  सम्बन्ध नभएको भनि अनुसन्धान बाट समेत पुष्टी भैसकेको  |
  • निर्मला पन्थ बैनीले न्याय दिलाउनको लागि अनुसन्धान कार्यमा आफ्नो तर्फ बाट पूर्ण सहयोग हरेको छ तर सहयोग गर्दा गर्दै पनि केहि व्यक्तिहरुले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाब र पिडा हुने गरि चरित्र हत्या हुने कार्य भैरहेकोले एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक संजालबाट यस्तो मानसिक यातना किन ?
  • समाचारको आधिकारिकता पुष्टि नगरी मिडिया तथा सामाजिक संजालहरुमा प्रकाशन र प्रसारण नगरी दिनहुन बिनम्र अनुरोध गर्न चाहन्छु साथै गलत, तथ्यहिन र  भ्रामक समाचारको बिश्वास नगरिदिनहुन अनुरोध |
  • सुनियोजित रुपमा online khabar डट कमले  घटना भएको एक महिना पछि मात्र मेरो चाहित्र हत्या हुने गरि तथ्यहिन समाचार प्रेषण गरि अफवाह फैलाएको र कंचनपुरको पत्रकार खेम भण्डारीले पटक पटक सामाजिक संजालको दुरपयोग गरि मेरो सम्बन्धमा गलत, तथ्यहीन र काल्पनिक समाचार प्रकाशित गर्दै  जनमानसमा नकरात्मक प्रभाव पर्दै आइरहेकोमा निजहरुलाई मेरो सम्बन्धमा प्रकाशित समाचारहरुको आधिकारिकता माग गरि यस घटनामा मेरो कुनै पनि दोष  प्रामाणित भएमा म माथि कानुन बमिजिम हदै सम्म कारवाही गरियोस साथै उहाँहरुले गलत  र तथ्यहीन समाचार प्रेषण गरि जनमानसमा नकारात्मक प्रभाव पर्ने, आक्रोश बढाउने किसिमले  समाचार प्रकासित गरिएको सम्बन्धमा समेत छानबिन गरि कानुन बमिजिम क्षतिपूर्ति सहित हदै सम्मको कारवाही गरि सुनुवाई हुनेछ भनि अपेक्षा गर्दै  यो खुला पत्र पेश गरेको छु |

      निवेदक

      किरण राज बिष्ट