suv

हिमालयन एयरलाईन्सकाे यात्रा

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २७ शनिबार | प्रकाशित १२:३७:३२
हिमालयन एयरलाईन्सकाे यात्रा

कुरा केही दिन अघिको हो । तय गरिएको भन्दा चार दिन अगावै काठमाडौ पुग्ने निधो गरें । चर्चित लोकगायक वद्री पंगेनी कार्यक्रमको सिलसीलामा उतै थिए । ‘संगै जाम भाई’ भन्ने बद्री दाजुको आग्रहले मलाई रातारात टिकट काट्ने बनायो।

बद्री दाजु लगायत कलाकारहरु नेपाल एयरलाईन्सबाट फर्कदै थिए । मैले पनि एनआरए कै टिकट खोजें तर समय घर्कीसकेको थियो । सबै सिट बिकीसकेका थिए । विकल्पमा कतार एयरवेज र हिमालयन एयरलाईन्स मात्र बाकी थिए । मैले कतार छोडेर हिमालयन एयरलाईन्स रोजें । दुई रुपिया नै किन नहोस नेपाली जहाज कम्पनीलाई नै तिरौं भन्ने मेरो रहर कै कारण मैले कतार एयरबेजको टिकट काटीन ।

हिमालयन एयरवेजमा चढ्न बोर्डीङ त सजिलै भयो । दुई केजी सामान बढी थियो। निकाल्ने आदेश दिए मैले निकालेर तौल मिलान गरें । ड्युटी फ्रीमा केही सामान किन्दा अर्को सानो लगेज थपिएको थियो मेरो । मेरो पछाडिीबसेको भाईको हातमा चारवटा झोला थिए । चकलेट किनेका रहेछन घर लैजानको लागि ।

जहाज चढ्ने अन्तिम ठाउँ जहा बोर्डीङ पास च्यातिन्छ त्यहाँ सामानको पुनः चेक जाँच गरियो । सात केजीको लगेज ड्युटी फ्री मा बढ्यो कि बढेन भनेर चेकजाँच हुने एक मात्र एयरलाईन्स हिमालयन एयर्लाइन्स मात्र देखें मैले । एक दर्जन भन्दा बढी कम्पनीका जहाज चढेको छु । यस्तो निम्नस्तरको ब्यबहार कुनै जहाज कम्पनीका कर्मचारीले गरेका थिएनन ।

ुड्युटी फ्रीु मा कनिएको सामानको प्रति किलो कतारी रियल एकसय अतिरिक्त शुल्क लाग्ने भनेर मेरै अगाडी लाईन लागेको एकजना भाईलाई जहाजको अरेवियन स्टाफले छोड्दै छोडेन । उनी पैसा दिन नसक्ने कर्मचारी भित्र छिर्न नदिने, एकछिन तनावको अवस्था आयो । सामान १५ मिनेट भित्र फिर्ता गरेर आउनुपर्ने या फोहोरको टोकरीमा फ्याक्नुपर्ने अचम्मको निर्देशन दिए ति कर्मचारीले ।

ति भाई असमज्जमा परे । १५ मिनेटमा सामान फिर्ता गरेर आईपुग्ने सम्भावना छदै छैन । त्यो सामान डस्टविनमा हाल्ने बाहेक विकल्प देखीएन । मलाई अचम्म लाग्यो र बोल्न अगाडि सरें । कर्मचारीले मेरो बोल्ने अधिकारै नभएको संकेत गरे । मलाई थाहा थियो । कुनै पनि मुल्यमा अब त्यो स्टाफले यहाँबाट मलाइ फर्काउन सक्ने छैन । यसले केहि पैसा अशुल गर्न मात्र खोजेको हो । म सरासर गएँ । ति चारवटा झोला समातेर लाईनको अन्तिममा पुगें । नेपाली दाजुभाईहरुलाई त्यो भाईको समस्या सुनाईदिएँ । तिन जनाले एकएक पोका सामान समाति दिनुभयो त्यो सजिलो संग कट्यो । कर्मचारीले कुरा बुझ्यो मलाई आँखा तरेर हेरीरह्यो । जहाज चढ्नै लाग्दा मैले उसलाई एक चरण माझी औंलो देखाएँ । अलिकती संतुष्टी मिलेजस्तो भयो ।

हिमालयन एयरलाईन्सको जहाजको भित्री अवस्था अत्यन्तै दयनिय र नाजुक रहेछ । ठाँउ ठाँउबाट उद्रिएका सिट कभरहरु । अगाडिी सिट सफा नगरेको कारण अघिल्लो यात्रुले पोखेका खानेकुराका छिटाहरु यत्र तत्र टाँसीएका अनि हात पुछेर सिटमा घुसारेको टिस्यु पेपरबाट नमिठो दुर्गन्ध आईरहेको भेटें । पानी बाड्ने भाई आईपुगे । पानी र खाना सर्भ गर्ने ट्रलीको हालत अत्यन्तै नाजुक । काला दागै दागले भरिएको त्यो ट्रली जहाजमा प्रयोग हुने ट्रली हो भनेर कुनै कोणबाट पनि भन्न सकिने खालको थिएन ।

मैले ति भाईसंग आफ्नो सिटमा रहेको फोहोरको बारेमा गुनासो गरें । उनले ुमुड अफु भएको संकेत गरे । यो मेरो काम होईन यो ुहाउस किपरुको काम भएको कारण उसैको कमजोरी हो भनेर मलाई सुनाईरहे । त्यो कसको काम हो, मलाई मतलव थिएन । मलाई मैले खाना खानु अगाडि मेरो टेवल र त्यो क्षेत्र सफा चाहिएको थियो । चार वचन कुरा सुनाएपछिीर मबाट पनि केही सुनेपछि त्यो भाईले त्यो टिस्यु पेपर हटायो । रुमालले तरकारीका छिटा सफा गर्यो । अहिले भने मेरो सिट सस्तो ढावाको डायनिङ टेवल जत्तीको भएको थियो ।

शौचालय छिरें । युरिनलको हालत पुरै ड्यामेज थियो । त्यो सिटमा बसेर ट्वाईलेट गर्न सकिी अवस्था छदै थिएन । पिसावको रंगले कमोडले रंग फेरेर सेतोबाट रातै भएको थियो ।

मैले फोटो खिचें । भित्तामा टाँसीएको टिस्यु पेपर डिस्पेन्सर मा एक टुक्रा कागज थिएन । साठी हजार हालेर टिकट किनेकोमा मलाई बडो पछुतो परेको थियो । केही हजार थप तिरेको भए कतार एयरवेजमा कमसेकम तिनतारे सुविधा सहीत उड्न पाईन्थ्यो । खाना बाड्न आएकी होस्टेज पनि ‘चोथाले’ थिई । ‘नन प्रोफेसनल’ केटीकेटीको समुहले कुनै पनि यात्रुसंग राम्रो कुरा गरेको देख्न पाईएन ।

साधारण फोहर टेवलमा खाना खान मलाई कुनै समस्या छैन । केही साथीले पिसाव गरेको ठाउमा पिसाव गर्न या ट्वाईलेट बस्न पनि मलाई कुनै समस्या छैन । आपतकाल परे जसरी पनि काम चलाउन हामी नेपाली दाजुभाईहरुलाई कुनै समस्या हुनु हुदैन त्यो मलाइ थाहा छ तर यहाँ कुरा ‘स्तर’ को हो । मजदुरको जहाज भएपनि ति मजदुरलाई पनि टिकटमा लेखीए अनुसारको र अन्तराष्ट्रीय मापदण्ड अनुसारको सुविधा जहाज कम्पनिले दिनै पर्छ । केही गोरो छालाहरु पनि थिए । जहाजको अवस्था हेरेर उनीहरुले नेपालको बारेमा के अनुमान लगाए होलान रु ति जहाजका कर्मचारीको ब्यबहार देखेपछि नेपाली कस्ता हुदारहेछन भनेर बुझे होलान रु मलाई यो प्रश्नले मनमनै पिरोलिरह्यो ।

म मेरा सबै मित्रहरुलाई भन्न चाहन्छु, बरु एक दुई सय डलर खर्च गरेर राम्रै एयरलाईन्सको टिकट काटेर यात्रा गर्नुस । केही समय मिलाएर आरए को टिकट काट्नुस तर हिमालयन एयरलाईन्स बाट कुनै हालतमा पनि यात्रा नगर्नुस । किनकी तिनिहरुका बोर्डीङ कर्मचारीले घुस माग्छन । जहाजको सिट थोत्रो र पुरानो अनि फोहर छ । ट्वाईलेट फोहोर छ त्यो भन्दा पनि महत्वपुर्ण कुरा कर्मचारीको ब्यबहार घटिया र तेश्रो श्रेणीको छ ।

मैले अव आईन्दा हिमालयन एयरलाईन्स नचढ्ने निधो गरिसकें । हिमालयन एयरलाईन्स “नचढे पछुतो चढे झन पछुतो” जस्तै भयो मेरो लागि । नचढ्दा स्वदेशी कम्पनीको ठूलो जहाज नचढ्नु यौटा अनुभव कम हुनु हुने भयो पछुतै पर्ने भयो । चढ्दा जहाजको अवस्थाले झन पछुतो लाग्छ । टिकटको लागि तिरीएको पैसा र पैसा तिरेबापत जहाजका कर्मचारीले गरेको ब्यबहार सम्झदा दिग्दार लाग्छ । अचेल त माइक्रोबस को फुच्चे पनि हासेर बोल्ने भईसक्यो हिमालयन एयरलाइन्स का कर्मचारीले त्यो सिक्न बाकि रहेछ । मेरा मित्रहरुलाई अनुरोध छ (यो फोटो हरु हेर्नुहोला र हिमालयन अयरलाईन्स चढ्ने या नचढ्ने मन बनाउनु होला । म भने सकेसम्म अब हिमालयन एयर्लाइन्स चढ्ने छैन ।