suv

लाखौं रुपैयाँका नक्कली नोट सहित राजधानीबाटै ५ जना पक्राउ

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक ४ आईतवार | प्रकाशित १७:५७:१५
लाखौं रुपैयाँका नक्कली नोट सहित राजधानीबाटै ५  जना पक्राउ

काठमाडौँ

प्रहरीले ३ लाख ७० हजार नक्कली नोट सहित ५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज पत्रकार सम्मेलन गरीे सार्वजनिक गरिएको छ ।

नक्कली नोट कारोबारीमा पर्साको बिरुवागुठी घर भई हाल राजधानीको मच्छेगाउँमा बस्दै आएका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ भएको प्रहरीले जनाएको छ । उनी नक्कली नोट छाप्ने प्रमुख योजनाकार हुन् । श्रेष्ठ यस अघि सिरहा जिल्लाबाट हात हतियार खरखजाना मुद्दामा ११ महिना जेल बसेर छुटेका व्यक्ति हुन् ।

पक्राउ पर्नेहरुमा गोरखाको सहिद लखन गाउँपालिका वडा नं ८ का २५ वर्षीय नारायण श्रेष्ठ, त्यसैगरी मकवानपुर हर्नामडी ९ , हाल मूलपानी बस्ने २५ वर्षीय साहिल थापामगर, त्यस्तै पर्सा बिरुवागुठी ३ , हाल जोरपाटी बस्ने २८ वर्षीय राज श्रेष्ठ छन् । त्यस्तै कागेश्वरी मनहरा ११ घर भई हाल कुमारीगाल बस्ने २९ वर्षीय विकास दोचे रहेका छन् ।

अभियुक्तहरुले भाडाका कोठामा मेसिन राखेर नक्कली पैसा छाप्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।