suv

कपिलवस्तुको कृष्णनगर तनाबग्रस्त : अनिश्चितकालका लागि कर्फ्यू लगाइयो

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक ४ आईतवार | प्रकाशित १८:३९:४३
कपिलवस्तुको कृष्णनगर तनाबग्रस्त : अनिश्चितकालका लागि कर्फ्यू लगाइयो

कपिलवस्तु

नेपाल-भारत सिमा नाका कपिलवस्तुको कृष्णनगर क्षेत्र तनावग्रस्त बन्दै गएको छ । शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक मुर्ती राखिदिएपछि एकाएक कृष्णनगर तनावग्रस्त बनेको हो ।

कृष्णनगरमा तनाव हुन नछोडेपछी कपिलवस्तु प्रशासनले आज साँझ ५ बजेदेखि कफ्र्यूृ आदेश जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलबस्तु प्रसासनले कर्फु लगाएको हो ।

अहिले पनि कृष्णनगरमा हिन्दु धर्मालम्बी र मुस्लिम समुदायबीच दोहोरो ढुंगा हानाहान भइरहेको छ । जिल्लाको शान्ति सुरक्षा कायम गर्न साझ ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।