suv

सामसुङ र हुवावेलाई उछिन्दै रोयलले ल्यायो पट्याउन मिल्ने फोन

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक १६ शुक्रबार | प्रकाशित १७:४३:१५
सामसुङ र हुवावेलाई उछिन्दै रोयलले ल्यायो पट्याउन मिल्ने फोन

अमेरिकी कम्पनी रोयलले संसारको पहिलो फोल्डएवल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार चीनमा आयोजित एक कार्यक्रमा फोन सार्वजनिक गरेको हो ।
यो स्मार्ट फोनको नाम हो ‘फ्लेक्स्पाइ’ । ७.८ इन्च स्क्रिन भएको यो फोन ट्याब्लेट जस्तो छ तर यसलाई फोल्ड गरेर ४ इन्चको बनाउन सकिन्छ ।

संसारको सामसुङ पहिलो र हुवावे दोस्रो ठूलो कम्पनी हो । यी कुनै एक कम्पनीले संसारमा पहिलो फोल्डेबल स्मार्ट फोन सार्वजनिक गर्ने विश्वास गरिए पनि ७ साल पुरानो अमेरिकी स्टार्टअप कम्पनी रोयलले यो काम पुरा गरेको छ ।

यो फोनमा ७ एनएम स्न्यापड्रैगन ८,१५० को प्रोसेसर प्रयोग गरिएको छ । यसमा कम्पनीको आरओ चार्जिङ टेक्नोलोजीको प्रयोग गरिएको छ जसले ब्याट्रीमा ०.८० प्रतिशत चार्ज हुन मात्र एक घण्टा लाग्नेछ । यो स्मार्ट फोनको अगाडि ड्युल क्यामेरा छ जसको प्राइमरी सेन्सर १६ मेगापिक्सल र सेकेन्डरी सेन्सर २० मेगापिक्सल रहेको छ ।

फ्लेक्स्पाईलाई तीन वटा भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको छ ।