suv

भाईटीकामा के उपहार दिने ?

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक १७ शनिबार | प्रकाशित १५:१३:५४
भाईटीकामा के उपहार दिने ?

यमपञ्चकको पाँचौ दिन भाईटीका गरिन्छ । यो चाड दाजुभाई र दिदीबहिनी भेटघाट हुने र सम्बन्ध प्रगाढ बनाउने अवसर पनि हो । दिदीबहिनीले आफ्नो दाजुभाईको सुख, समृद्धि एवं दिर्घायुको कामनाको साथ यो पर्व मनाईन्छ ।

भाईटीकाका बारेमा एउटा कथन पनि चर्चित छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक बिश्वास छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गरिन्छ ।
भाइटीकामा दिदिबहिनीले दाजुभाईलाई पूजा गरि मिस्ठान भोजन खुवाईन्छ भने दाजुभाईले दिदिबहिनीलाई उपहार दिने चलन छ । यद्यपि पछिल्लो समय भने एकअर्कालाई उपहार दिने चलनको पनि शुरु भएको छ ।

उपहार के दिने ?

चकलेट

कुनै पनि उत्सव मिठाई विना अधुरो हुन्छ । त्यसमा तिहारको मसला मिसाएर दिन सकिन्छ । यसले स्वास्थ्यमा पनि फाइदा पु¥याउँछ । बजारमा विभिन्न प्रकारका चकलेट उपलब्ध छन् । गिफ्ट दिँदा प्याकेजिङ राम्रोसँग गरेर दिँदा एक आपसमा सम्बन्ध प्रगाढ हुन्छ । चकलेटले एकअर्कासँग बिताएका बाल्यकालको याद दिलाउँछ । चकलेट त्यति धेरै महंगो पनि पर्दैन ।

२. ह्याण्ड ब्याग

प्रायः केटीहरु ब्यागको सौखिन हुन्छन् । यस्तोमा दाजुभाईको लागि राम्रो अप्सन हुन सक्छ । नेपाली बजारमा थुप्रै प्रकारका स्वदेशी तथा विदेशी ब्राण्डका ब्यागहरु उपलब्ध छन् । नेपाली बजारमा ब्यागको मूल्य ५ सयदेखि शुरु हुुन्छ । दिदिबहिनीहरुले पनि दाजुभाईलाई ब्याग अथवा वालेट उपहारस्वरुप दिन सकिन्छ ।

स्मार्ट घडी

अहिलेको समयमा गिफ्टको परफेक्ट अप्सन हुन सक्छ स्मार्ट घडी । बजारमा विभिन्न ब्राण्डको घडी उपलब्ध छ । नेपाली बजारमा घडीको मूल्य १ हजारदेखि शुरु हुन्छ ।

ज्वेलरी

ज्वेलरी दिदिबहिनीहरुका लागि सबैभन्दा मन पर्ने गिफ्ट हो । त्यसकारण आप्mनो गच्छे अनुसारका ज्वेलरीलाई उपहारका रुपमा दिन सकिन्छ । कपडासँग म्याचिङ ज्वेलरी पनि दिन सकिन्छ । ज्वेलरी उपहार दिँदा सरप्राइजका रुपमा दिन सके झन राम्रो हुन्छ ।

स्मार्ट फोन वा ग्याजेट

चाडपर्वको अवसर पारेर इलोक्टो«निक कम्पनीहरुले नयाँ नयाँ ग्याजेटहरु विशेष छुट या अफरमा बजारमा ल्याएको हुन्छ । बिशेषतः दिदिबहिनीलाई स्मार्टफोन उपहारका रुपमा दिन सकिन्छ । बजारमा विभिन्न कम्पनीका फोनहरु सस्तो मूल्यमा उपलब्ध भउकाले स्मार्टफोन तपाईका लागि राम्रो उपहार सामाग्री बन्न सक्छ ।

सजावटको सामान

दिदिबहिनीहरु घरको सजावटमा धेरै रुचि राख्छन् । तिहारको अवसरमा घर सजावतको सामान पनि दिन सक्नु हुनेछ । कुनै सो पिसहरु गिफ्ट दिँदा एक अर्काको सम्बन्ध पनि सुमधर हुन्छ ।

कपडा

बजारमा चलेको फेसनको कपडा पनि राम्रो अप्सन हुन सक्छ । विभिन्न किसिमको कपडा बजारमा उपलब्ध छ । जाडो सुरु भएकोले जाडोको कपडा गिफ्ट दिनु पनि उपयुक्त हुन्छ ।

भगवानको मूर्ति

भगवानको मुर्ति गिफ्ट दिनुलाई शुभ मानिन्छ । त्यसैले देवीदेवताको मेटलको मुर्ति गिफ्ट गर्न सक्नु हुनेछ । यसको मूल्य ५ सय देखि २५ हजार रुपैंयासम्म पर्छ । लक्ष्मी, गणेश, शिव–पावर्ती, राधा–कृष्ण, बुद्धको मूर्तिलाई उपहारका रुपमा दिन सकिन्छ ।

पेन्टिङ

भाईटिकामा पेन्टिङ गिफ्ट दिँदा राम्रो हुन्छ । तिहारमा घर सरसफाई गर्ने गरिन्छ । त्यसकारण घरको पुरानो सामान सबै फ्याकिने भएकाले पेन्टिङ राम्रो अप्सन हुन सक्छ । पेन्टिङको साथै कुनै राम्रो आर्ट पिस पनि गिफ्ट गर्न सकिन्छ ।

सनग्लास

सनग्लास पनि राम्रो गिफ्ट हुन सक्छ । नेपाली बजारमा विभिन्न ब्रान्डको सनग्लास उपलब्ध छ । अहिले फेसनमा भएको सनग्लास दिन सकिन्छ । यो निकै उपयोगि गिफ्ट हुन सक्छ । नेपाली बजारमा यसको मूल्य ५ सयदेखि शुरु हुन्छ ।

अन्य

तिहारमा दाजुभाई र दिदीबहिनीले एक अर्कालाई गिफ्टमा उपन्यास, कुनै जीवन उपयोगी किताबहरु, कथाको किताव, कुनै प्रख्यात व्यक्तिको जीवनीहरु पनि दिन सकिन्छ । त्यस्तै, मेकअपमा रुचि हुनेहरुलाई मेकअपको सामानहरु पनि दिन सकिन्छ । त्यस्तै दाजुभाईलाई पर्स, मफलर, टोपी, पञ्जा, ज्याकेट, टिसर्ट, स्वेटर, जुत्ता आदि उपहार दिन सकिन्छ ।