suv

देवताहरुको वैद्य धन्वन्तरीको पूजा किन गर्ने ?

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक १९ सोमबार | प्रकाशित १२:५२:०९
देवताहरुको वैद्य धन्वन्तरीको पूजा किन गर्ने ?

कार्तिक महिनाको कृष्ण त्रयोदशीको दिनलाई धनतेरस भनिन्छ । यस दिनले तिहार आएको पुर्व सुचना दिन्छ । धनतेरसको दिन मृत्युको देवता यमराज र भगवान धनवन्तरीको पूजाको विशेष महत्व छ । समृद्धि र खुशियाली प्राप्तीका लागि यो दिन शुभ मानिन्छ । यस दिन धन प्राप्ति गर्ने काम गरेमा वा धन बढ्ने सामान किनेमा धन योग बन्छ । धन प्राप्तिको लागि श्रेष्ठ देवी लक्ष्मी र भगवान कुबेरलाई चिनिन्छ ।

धनतेरसको दिन भगवान धवन्तरीको पूजा गरिन्छ । यस दिन स्वस्थ रहने प्राथना गर्दै पूजा गरिन्छ । साथै नयाँ सरसामाग्री जस्तै सवारीसाधन, मोवाइल, गाडी, सुन, चाँदी, नँया घर जस्ता सामान किनिन्छ । यो शुभ मुर्हुतमा सामान किन्दा शुभ मानिन्छ र बर्षभरी नै आर्थिक स्थिती राम्रो रहन्छ ।

भगवान धन्वन्तरीको जन्म

कार्तिक कृष्ण पक्ष त्रयोदशी तिथिको दिन धवन्तरीको जन्म भएको हो । त्यसैले यो तिथिको नाम धनतेरसको नामले चिनिन्छ । भगवान विष्णुको अवतारको रुपमा मानिन्छ । पृथ्वी लोकमा उँहाको अवतार समुन्द्र मन्थनको क्रममा भएको थियो ।

समुन्द्र मन्थनमा शरद पुर्णिमामा चन्द्रमा, कार्तिक द्धादशीमा कामधेनु गाई, त्रयोदशीमा धवन्तरी, चतुदर्शीमा काली माता, र औँसीको दिन भगवान लक्ष्मीको सागरमा अवतरण भएका थिए । यसकारण दिपावलीको दुई दिन अगाडि भगवान धवन्तरीको जन्म धनतेरसको रुपमा मनाइन्छ ।

धवन्तरी प्रकट हुँदा हातमा अमृतले भरिएको कलश लिएका थिए । त्यसैले यो दिन भाडा वर्तन किन्ने परम्परा भएको हो । यो दिन धन (वस्तु) या धातु किन्दा त्यसको १३ गुणा वृद्धि हुन्छ भन्ने मान्यता छ । यस दिन धनिँयाको बिउ किनेर मानिसहरुले घरमा राख्छन् । तिहारपछि यो बिउ बारीमा रोप्छन् ।

देवताहरुको वैद्य

हिन्दु धर्ममा धवन्तरीलाई देवताहरुको वैद्य भनेर चिनिन्छ । धवन्तरीलाई चिकित्सक मानिन्छ । यस दिन धवन्तरी पूजा गर्दा स्वस्थ्य र दिर्घायु हुन्छ भने बिश्वास गरिन्छ ।

के किन्दा शुभ, के किन्दा अशुभ ?

धनतेरसको दिन सामन किन्दा ख्याल गर्नुपर्छ । धनतेरसको दिन धन, समृद्धि र खुशियाली प्राप्त गर्नको लागि विशेष दिन हो । यो दिन एकदमै शुभ मानिन्छ । धनतेरसको दिन विषेश धातु र धन बढ्ने खालको केही बस्तु किन्दा शुभ मानिन्छ । तर, केही चिज यस्तो पनि छ जुन धनतेरसको शुभ दिन घरमा ल्याउँदा नराम्रो हुन्छ ।

स्टिलको सामन

धेरेजसोले धनतेरसको दिन स्टिलको सामान किन्ने चलन छ । तर, यो गलत हो । यस शुभ दिन स्टिलको सामन नकिन्नु नै राम्रो हुन्छ । स्टिल धातु राहुको कारक हो । जुन, घरमा ल्याउन शुभ मानिँदैन् । यस दिन प्राकृतिक धातुहरु शुभ हुन्छन्, भने स्टिल मानव निर्मित हो ।

आल्मुनियम

आल्मुनियममा राहुको प्रभाव हुन्छ । अतः यसलाई घरमा ल्याउनु र सजाएर राख्नु अशुभ या दुर्भाग्यको सुचक मानिन्छ । यसको साथै यसमा खाना पकाउनु पनि शुभ मानिँदैन् ।

लोहा

ज्येतिषमा लोहाको शनिको कारक मानिन्छ । अतः यस शुभ दिन लोहाको बस्तु घरमा ल्याउनु शुभ मानिँदैन् । धार भएको हतियार पनि घरमा ल्याउन अशुभ मानिन्छ ।

प्लाष्टिक

धनतेरसको दिन प्लाष्टिकको सामन किन्नु अशुभ मानिन्छ । किनभने यो स्थायित्व हुँदैन् ।

काँच

धनतेरसको शुभ अवसरमा काँच ( सिसा) को सामन नकिन्नु नै राम्रो हुन्छ । सिसाको सम्बन्ध पनि राहुसँग हुन्छ । जसले घरमा अशुभ भित्राउँछ ।

चिनी

यस दिन चिनी र चिनीबाट बनेका कुरा घरमा ल्याउँदा अशुभ मानिन्छ । चिनीबाट बनेको कुरा लामो समयसम्म सुरक्षित एवं स्थायी हुँदैन् ।