suv

अन्तरिक्षका सबैभन्दा सुन्दर तस्वीरहरु जुन देखेर तपाई दङ्ग पर्नु हुन्छ

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक २० मंगलवार | प्रकाशित १३:५७:१७
अन्तरिक्षका सबैभन्दा सुन्दर तस्वीरहरु जुन देखेर तपाई दङ्ग पर्नु हुन्छ

अन्तरिक्ष हेर्ने रहर कसको हुँदैन होला र । अर्को ग्रहको जमिन कस्तो हुन्छ ? सबै ग्रहहरुमा जमिन हुन्छ कि हुँदैन ? यस्तो सामान्य जिज्ञासा हाम्रो मनमा हुन्छ ।

ब्राड गोल्डपेंट

हरेक वर्ष संसारका सिद्ध फोटोग्राफरहरु लामो समय लगाएर अन्तरिक्षसँग जोडिएको तस्वीर खिचेर हाम्रो प्रश्नहरुको जवाफ खोज्ने गर्छन् । उनीहरुले जुन तस्वीर कैद गर्छन् त्यो प्रतियोगिताहरुमा पनि समावेश हुन्छ ।

रोयल अब्जर्वेटरी ग्रिनविचको वार्षिक प्रतियोगितामा यस वर्षको नतिजा सार्वजनिक भएको छ । यस प्रतियोगितामा अमेरीकी फोटोग्राफर ब्रड गोल्डपेंटलाई प्रथम स्थान मिल्यो । यस तस्विरको लागि गोल्डपेंटलाई १० लाख ईनाम पनि मिलेको छ ।

यस प्रतियोगितामा निर्णायकको भूमिका निभाएका विल गेटर भन्छन्, ‘मेरो लागि यो सानदार तस्विर हरेक कुराको परिचायक हो, यसले बताउँछ कि तपाई अन्तरिक्षको तस्विर लिने फोटोग्राफर हो । यी तस्विरहरुमा अध्याँरो र उज्यालो प्रकाशको राम्रो मिश्रण छ । जमीनको संरचना र ताराहरुले भरिएको आकाश छ ।

जीवन्त तारा (लिभिङ स्पेश)
वेस्ट ससेक्समा खिचिएको यो तस्विरले प्रदुषणको कारण हामी कति प्रभावित भएका छौं भन्ने विषयको संकेत दिएको छ । यस तस्विरमा एउटा निभाएको स्ट्रीट ल्याम्पले राती हेरिएको ताराहरुले हामीलाई कति विश्राम दिन्छ भन्ने देखाएको छ ।

एन्ड्रिउ वाइट

द इन्ड अफ द नाईट
फिनल्यान्डमा जब त्यो रातको सुरुवातमा आकाशले अनौठो रगं देखाउन थाल्यो, निकोलस लेफौडक्सले आफ्नो क्यामेरामा त्यो तस्विर खिचे । यो तस्विर हेर्दा लाग्छ कि जस्तै क्षितिजमा गएर कुनै सडक सकिन लाग्दै छ ।

निकोलस लेफाउडेक्स
प्रतियोगितामा यो तस्विर दोस्रो स्थानमा रहयो । यो तस्विर हेरेर लाग्छ कि जस्तै पहाडको पछाडिबाट प्रकाश निस्कँदै छ । यो तस्विर म्याथ्यु जेम्स टर्नरले लिएका हुन् । यो ठाउँको नाम कासलरिग स्टोन सर्कल हो ।

 

म्याथिउ जेम्स टर्नर
ग्यालेक्सिको तस्विरमा अवार्ड जित्ने स्टीवन मोहरले पृथ्वीबाट लगभग २६ मिलियन प्रकाश वर्ष दूरीस्थित ताराको समूह लियो को ‘स्पायरल ग्यालेक्सी’ एनजीसी ३५२१ को तस्विर खिचेका छन् । यस ग्यालेक्सीको यति चमकदार हुनुको कारण यो छ कि यस ग्यालेक्सीमा पहेँलो र रातो ताराको उमेर बढ्दै छ ।

स्टिभिन मोहर
यो तस्विरले २४ तस्विरहरुको मिश्रण देखाएको छ र मिराच ताराको दुबै तर्फ मेसियर ३१ र मेसियर ३३ ग्यालेक्सीलाई देखिएको छ ।

 

राउल भिलान्द्री
यो देखिएको तस्विर हाम्रो चन्द्रमा हो । तर यो निश्चित छ कि यस्तो चन्द्रमा यो भन्दा अघि कसैले देखेको हुनसक्छ ।

जोर्दी डिल्पाएक्स
सुर्य ग्रहणको समय लिईएको यो सर्यूको तस्विरले सूर्यको साथ साथ कोरोना र चन्द्रमा पनि देखिएको छ ।

पिटर वार्ड
अमेरिकामा खिचिएको यो सूर्यको तस्विर हो । तर यो सूर्य ग्रहण सकिँदै गएको समय लिइएको तस्विर हो । सूर्यको बायाँ तर्फ ब्लू स्टार रेगुलस र दायाँ तर्फ रातो मंगल ग्रह देखिएको छ । यो तस्विर खिच्नको लागि १२० वटा विभिन्न तस्विर प्रयोग गरिएको थियो ।

निकोलस लेफाउडेक्स
यस तस्विरमा, फोटोग्राफरले ठुलो सोलर फ्ल्यारको समय उठेको आगोको आँधीबेरीको तस्विर खिचेका थिए ।

स्टाउर्ट ग्रिन
मार्टिन लेविसले यो तस्विर कैद गर्दा मोनोक्रोम डिजिटल क्यामेरा प्रयोग गरेका थिए ।

मार्टिन लेविस
फोटोग्राफर मार्टिन लेविसले आफ्नो सौर्यमण्डलको सबै ग्रहहरु एकै चित्रमा ल्याउन खोजेका छन् । विशेष कुरा यो तस्विरमा, ग्रहहरु एक दूरबिनमा हेरिएको जस्तो देखिन्छ ।
चीनमा लिइएको यो तस्विरले चन्द्र ग्रहण देखाएको छ । फोटोग्राफरले यस फोटोलाई ४ घण्टाको एक्सपोजर सेट गरेर लिएका थिए । यो तस्विरले चन्द्र ग्रहणको अघि, चन्द्र ग्रहणको समय र चन्द्र गहणपछिको स्थिति देखाउँछ ।

चाउन्जिन सु

म्यारियो कोगो

लोगन निकोलस

टियाङहोगं लि

ड्यामियन पिच