suv

‘सुश्री सम्पति’ को ‘झुम्की’ बोलको गीत सार्वजनिक

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक २१ बुधबार | प्रकाशित १२:१२:४९
‘सुश्री सम्पति’ को ‘झुम्की’ बोलको गीत सार्वजनिक

फिल्म ’सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक भएको छ । यस चलचित्रको ’झुम्की’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन् भन,े उनिसँगै सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतमा फिचर्ड छन् ।

गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भन,े यसलाई मिना निरौला र राजन ईशानले स्वर दिएका छन् । तिहार आउदै गर्दा निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । सार्वजनिक ’झुम्की’ गीतले दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण टिम विश्वस्त छन् । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

यो भन्दा पहिला सार्वजनिक भएको ‘हुकुम बक्सियोस’ गीतले दर्शक तथा श्रोताको मन जित्दै गर्दा ’झुम्की’ सार्वजनिक भएको हो । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा रहेका छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिन प्ले अभिमन्यूकै रहेको छ ।

फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।