suv

भाटभटेनी सुपर मार्केटबाट दुधजन्य वस्तु विक्रीवितरण नगर्न निर्देशन

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक २२ बिहीबार | प्रकाशित ०९:३७:२०
भाटभटेनी सुपर मार्केटबाट दुधजन्य  वस्तु विक्रीवितरण नगर्न निर्देशन

काठमाडौं

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दूधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए ।

तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य बस्तुको पनि परिक्षण गरेको हो । परिक्षणमा दूधजन्य बस्तु गुणस्तरहिन पाइएको थियो ।

यसैगरी विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगंजस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ ।

सरकारले विगत २ महिनायता तरकारी, दूध, मासु, खानेपानी, तेल लगायतका दैनिक उपभोग्य खाद्य बस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्य बस्तु उत्पादकहरुको कारखानामा शिलबन्दी समेत गर्दै आएको छ ।