मजदूरले पास पाउने भए पछि उद्याेगहरू संचालनका लागि सहज

मजदूरले पास पाउने भए पछि उद्याेगहरू संचालनका लागि सहज


काठमाडौं ।

सरकारले खोल्न अनुमति दिएका विभिन्न ४४ प्रकारका उद्योगहरु अब पूर्ण रुपले संचालनमा आउने भएका छन् ।

सरकारले खुल्ने अनुमति दिएका उद्योग व्यवसाय क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदूरलाई पासको व्यवस्था गर्ने भएपछि उद्योग व्यवसायहरु संचालन हुने भएका हुन् । सोमबार प्रधानमनमन्त्री केपी शर्मा ओलीले उद्योगहरु सञ्चालन गर्न सरकारले जिल्ला गएका मजदूर फर्काउन दिइने बताएका थिए ।

सरकारले उद्योग व्यवसाय खोल्ने निर्णय गरेपनि पासको व्यवस्था नगरेको भन्दै उद्योग व्यवसायीहरु पटक पटक पासका लागि सम्बन्धीत निकायमा धाइरहेका थिए । व्यवसायीकहरुको मागलाई मध्यनजर गर्दै सरकारले काठमाडौँ उपत्यका बाहिर गएका उद्योग व्यवसायको क्षेत्रमा काम गर्ने मजदूरलाई ल्याउन पाउने निर्णय गरेको हो । अब भने उपत्यका बाहिरका मजदूरहरु फर्कने भएका छन् । सरकारको यो निर्णयसँगै खुल्ने अनुमति पाए पनि मजदूरको अभावका कारण संचालन हुन नसकेका उद्योग अब संचालनमा आउने भएका छन् ।

सरकारले उद्योग खोल्ने अनुमति दिए पनि पासको व्यवस्था नगरेका कारण उद्योग संचालनमा कठिनाई भएको थियो । कोरोना भाइरसको संक्रमणका कारण सरकारले गत चैत्र ११ गतेदेखि मुलुकभरी नै लकडाउन गरेको छ । सो समयदेखि उद्योग, व्यवसाय पर्यटन क्षेत्र लगायत सबै ठप्प छन् । लामो समयसम्म उद्योग व्यवसाय बन्द रहँदा भोकै मर्नु पर्ने अवस्था आउने भन्दै उद्योगी व्यवसायीले सरकारसँग उद्योग खोल्न पटक पटक आग्रह गर्दै आएका थिए । त्यस लगत्तै सरकारले उद्योग त खोल्ने निर्णय ग¥यो तर घर घरमा गएका मजदूर आउन नपाउँदा तथा पासको व्यवस्था नहुँदा उद्योग संचालन हुन सकेका थिएनन् ।

सरकारले खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु, दूध तथा दुग्ध पदार्थ उत्पादन उद्योग, औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु, खाने पानी उत्पादन गर्ने उद्योगहरु, इँटा उद्योग, पशुपक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग, खाने तेल तथा घ्यू उद्योग लगायत खाेल्न अनुमति दिएकाे थियाे । यस्तै चिनी उद्योग, चिया प्रशोधन उद्योग, एलपीजी ग्यास उद्योग लगायतका उद्योग खोल्ने निर्णय गरेको थियो ।

त्यसैगरी, सरकारले  अनुाति दिएका अन्य उद्याेगमा प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग, कफि उद्योग, पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग, नूडल्स तथा तयारी चाउचाउ उद्योग, मसला उद्योग, अलैंची र अदुवा प्रशोधन उद्योग, कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग, धान चामल र चिउरा उद्योग, दाल उद्योग,पशु औषधि र किटनासक औषधि सम्बन्धी उद्योग, खानी तथा खनिज जन्य उद्योग, बालुवा प्रशोधन तथा क्रसर उद्योग, सिमेण्ट उद्योग छन् ।  आइरन तथा स्टिल उद्योग,पेन्टिङ्गस (रंगरोगन) उद्योग, जीआइ र प्लास्टिक पाइप र फिटिंग्स् उद्योग, बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग, जुस तथा हल्का पेयपदार्थ उद्योग, प्लाइउड र भेनियर उद्योग, विद्युत उत्पादन, विद्युत् सामग्री, ट्रान्सफर्मर तथा प्रसारणसँग सम्बन्धीत उद्योगहरु,जस्ता पाता उद्योग, हेभी मेशिनरी औजार मर्मत संभार, मोटर ग्यारेज वर्कसप उद्योग, छापाखाना तथा प्रेस सम्बन्धी उद्योग, सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग र औद्योगिक क्षेत्रभित्र रहेका सबै खाले उद्योग खोल्ने निर्णय गरेको थियो ।

Logo