वीरगन्जको गण्डक अस्पतालमा उपचाररत २१ जनाले जिते कोरोना

वीरगन्जको गण्डक अस्पतालमा उपचाररत २१ जनाले जिते कोरोना


वीरगन्ज ।

वीरगन्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारत २१ जनाले मंगलबार कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जना मंगलबार राति १० बजे डिस्चार्ज भएका हुन्।

मङगलबार राति डिस्चार्ज हुनेमा २१ जना सबै पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका हुन् । ती मध्ये १७ जना पुरुष र ४ महिला छन् । डिस्चार्ज हुने १५ महिने बालकसहित ३ जना बालबालिका पनि रहेको विशेष कोरोना गण्डक अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

अस्पतालमा ल्याएर राखिएपछि लगातार दोश्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएका २१ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले डिस्चार्ज गरिएको डाक्टर सिंहले बताए। वीरगन्जको अस्पतालबाट भर्ना भएका १०२ संक्रमितमध्ये मङगलबारसम्म ९३ जना निको भइ घर फर्किएका छन्।अन्नपूर्णबाट

Logo