#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1096064252298343100226127637
नेपाल145193191685320

“सरकारबाट वित्तीय व्यवस्थापन नभए विद्यालय बन्द गर्छाैं” (भिडियाे अन्तर्वार्ता)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि यतिबेला विश्व नै लकडाउनमा रहेको छ । लकडाउनका कारण मूलुकको शैक्षिक क्षेत्र पूर्णरूपले बन्द अवस्थामा छ । देशका ७० लाख विद्यार्थी शिक्षाबाट बञ्चित रहेको अवस्था छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै गत असार १ गतेबाट सरकारले बैकल्पीक प्रणालीबाट विद्यालयको पठनपाठन सुचारु गरेपछि हाल अनलाइन, रेडियो तथा टेलिभिजनबाट पढाई सुरु भएको छ ।

यता विद्यार्थी घरमै शून्य अवस्थामा रहेपनि निजी विद्यालयहरूले भने शुल्क बुझाउन भन्दै अभिभावकलाई प्रेस विज्ञप्ति नै निकालेर आग्रह गरेका छन् । नीजि विद्यालयका दुई ठूला छाता संगठन प्याब्सन र नेशनल प्याब्सनले आइतबार विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क तिर्न आग्रह गरेका हुन् । तीन महिनादेखिको वित्तिय व्यवस्थापनमा समस्या आएको र सरकारले पनि कर छुट नदिएको तथा निजी विद्यालयको आर्थिक समस्याप्रति सरकार मौन रहेकाले अभिभावकलाई शुल्क बुझाउन आग्रह गरिएको प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले बताए ।

उनले नीजि विद्यालयले लकडाउन पछि गत चैत महिनाको शुल्क छुट दिने तर अरु शैक्षिक शुल्क तिरेर विद्यालयलाई सहयोग गरिदिन अभिभावकलाई आग्रह गरेका हुन् । लकडाउनपछि अभिभावकले शुल्क नदिए निजी विद्यालयहरु बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ ।

यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने यसअघि नै निजी विद्यालयले कुनै पनि बहानामा शुल्क लिन नपाउने भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ । तर, निजि विद्यालयले भने विभिन्न बाहानामा अविभावकले शुल्क तिर्नुपर्ने भन्दै ताकेता गरिरहेका छन् । यस सम्बन्धमा शिक्षा मन्त्रालयकी सुचना अधिकारी दिव्या दवाडीले पनि मन्त्रालयले पहिले नै शुल्क लिन नपाउने गरि सूचना जारी गरिसकिएकाले यस सम्बन्धमा थप छलफल नभएको बताएकी छिन् ।

विद्यालयहरुको आग्रहमा अभिभावक पनि सहमत देखिदैनन् । शैक्षिकसत्र नै सुरु नभएको र विद्यार्थी पनि विद्यालय नगएको शून्य अवस्थामा विद्यालयले शुल्क लिन नहुने उनीहरूको माग छ । खासगरि, विद्यालयको भौतिक संरचना तथा जनशक्ति व्यवस्थापनको जिम्मा अभिभावकको नभएर स्वयं संस्था र सरकारको भएकाले विद्यालयले आफ्नो खर्चको भार अभिभावकलाई बोकाउने नहुने उनीहरूको भनाइ छ ।

यी र यस्ता विषयमा यसपटक केन्द्रबिन्दुले प्याब्सनका सहअध्यक्ष डिके ढुंगानासँग कुराकानी गरेको छ । प्रस्तुत छ, केन्द्रबिन्दुकर्मी मनोज न्यौपानेले ढुंगानासँग गरेको कुराकानीको अंश :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार