#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1171287253976845528996620205
नेपाल159643591186811

आज ओलम्पिक दिवस मनाइयो

काठमाडौं ।
ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्षको बोट रोपेको छ ।

ओलम्पिक कमिटिको कार्यालय सातदोबाटोमा रुद्राक्ष रोपेर कमिटिले दिवस मनाएको हो । विगतमा ओलम्पिक दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना हुँदै आए पनि यो वर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम आयोजना गर्न नपाइएको कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । कोरोनाका कारण विश्वभरी नै ओलम्पिकका कार्यक्रमहरु खुम्चिएको उल्लेख गर्दै उनले नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्ष रोपेको र जुममार्फत अन्तर्कृया कार्यक्रम गरिएको बताए ।

सन् १८९४ मा आजकै दिन पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आए पनि यो वर्ष कुनै ठूला कार्यक्रम आयोजना भएनन् । कोरोनाका कारण विश्वभरीका खेलाडीहरुले आफैं घरमा बसेर अनलाइन वर्क आउट गरेर दिवस मनाएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार