#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1173147954002945683976623053
नेपाल159643591186811

प्रदेश नं. १ : कोरोना सङ्क्रमित ७० जना निको भएर घर फर्किए

मोरङ ।
प्रदेश नं. १ बाट विहिबार ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक÷एक जना छन् । डिस्चार्ज हुनेहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डीन डा शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरे ।

प्रदेश नं. १ बाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या ३५५ पुगेको छ भने यो प्रदेशमा विहिबार सात जना सङ्क्रमित थपिएका छन् । तीमध्ये मोरङका एक, सुनसरीका दुई र झापाका चार जना छन् । प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार