#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1170299453951245475136615969
नेपाल159643591186811

पढ्नैपर्ने किताब ‘स्मास एण्ड ग्राब’ भित्रका १९ महत्वपूर्ण कुरा

  • झलेन्द्र भट्टराई

काठमाडौं ।

पढ्नै पर्ने किताब Smash & Grab: Annexation of Sikkim – लेखक सुनन्दा के दत्त (सो पुस्तक पढेपछी मेरो निश्कर्ष)

१. सिक्किमलाई छ्योग्याल राजवंशले १६४२ मा एकीकरण गरी स्वतन्त्र राष्ट्रको रूपमा आजको सिमाना कायम गराउँदा अहिलेको नेपालमा ८० भन्दा बढी र अहिलेको इण्डियामा ६०० जति स्वतन्त्र देश थिए । सिक्किम त उमेरले नेपालको बाबू र इण्डियाको हजुरबाबु सरह थियो।

२. त्यसैले चीनमा तिब्बतको बिलय (सन् १९५१) भन्दा इन्डियामा सिक्किमको बिलय ज्यादै घृणाष्पद किन छ भने ऊ कहिल्यै इन्डियाको हिस्सा थिएन । इतिहासमा तिब्बत र चीन भने बेलाबेलामा जोडिदै छुट्टिदै गरेका थिए। तर पनि हाम्रा दुबै छिमेकीको इतिहास साना मुलुक हडप्ने कलंकबाट पोतिएको छ । कति भरोसा गर्ने, कति सतर्क रहने त्यो खुबीसँग देशको भविष्य जोडिएको छ ।

३. सन् १९४७ मा इन्डिया बृटिश गुलामीबाट मुक्त भयो । त्यसपछि त सिक्किममा एम्बुलेन्स दिने, स्कुल बनाई दिने र छात्रवृत्ती दिने काम थालिहाल्यो इन्डियाले। अनि त्यहाँका नेताहरू बिस्तारै निवेदन बोकेर भारतीय अधिकारीसँग (राजदुतावास) धाउन थाले ।

४. सैनिक सहायता, चीनबाट असुरक्षा, भुपरिवेष्ठिता, सडक सन्जालको अभाव, कमजोर अर्थतन्त्र देखाएर सन् १९५० मा इन्डियाले सिक्किमको सुरक्षा जिम्मा लियो ।

५. सन् १९४५ मा गठित सिक्किम प्रजा परिषद धराप बनाएर सन् १९६२ मा काजी लेन्डुप दोर्जे (काजीसाब) ले सिक्किम नेसनल काङ्रेस नामक राजनीतिक पार्टी खोले र प्रजातान्त्रिक नारा अघि बढाए । तर, राजा नाम्ग्याल र उनको देशलाई संरक्षित देशको रुपमा बचाएर राख्न आफू सन १९६४ मा नमरुन्जेलसम्म नेहरुले मद्दत गरे । नेहरु मर्ने बित्तिकै काजिको पार्टी मार्फत सिक्किममा राजतन्त्र बिरोधी गणतान्त्रिक आन्दोलन शुरु भयो (गराइयो) ।

५. सन् १९६३ देखि सिक्किमका सन्चार माध्यममा देखिने/नदेखिने गरी विदेशी लगानी बढ्न थालिसकेको थियो । विवाद, भ्रम र काण्ड चर्काएर सिक्किम सरकार कमजोर बनाउने र प्रत्यक्ष वा परोक्षरूपमा इन्डियाको वफादारी छर्ने काममा पत्रपत्रिका लागे । त्यस समयका समाचार पढ्दा सिक्किम त भ्रष्टाचारको अखडा, संसारको सबभन्दा गरिब मुलुक, राजतन्त्र गरिबीको मुल कारण, प्रजातन्त्र आवश्यक भएको आदि कुराले रङिएका हुन्थे । चीनले उत्तरबाट सिमाना अतिक्रमण गरेकोले सिक्किमको अस्तित्व खतरामा परेको लेख्थे । राष्ट्र प्रमुखलाई संसारको सबै भन्दा कुरूप शासकको रूपमा चिनाइन्थ्यो ।

६. नेहरू मरेपछी ईन्दिरा गान्धी प्रधानमन्त्री भइन् । अनि इन्डियासँग सिक्किमको ‘रोटीबेटी सम्बन्ध’ झन् बलियो हुँदै गयो ।

७. सन् १९७० मा काजिसाबले आफ्नो पार्टीलाई इन्डियाको काङ्रेस पार्टीमा गाभे । यसबाट आम निर्वाचनमा उनले संसदको स्पष्ट बहुमत जिते ।

८. अमेरिकन नेक्सस भएकी बेल्जियम उच्च घरानाकी रानी र रक्सिमा डुब्ने राजा बिरुद्ध छात्रवृत्ती र एम्बुलेन्समा रमाएका अनि ईण्डियासँग रोटीबेटी गाँसिएका नेताले चलाएको आन्दोलनले सन् १९७३ अप्रैलमा राजा मिल्कायो र सिक्किम गणतन्त्रात्मक मुलुक बन्यो ।

८. गणतन्त्रवादी-रोटीबेटीका जाज्वल्यमान नेताहरूले चुनाव जिते । सामुन्ने देखिने गरि मुलपदमा मूलबासी लेण्डुप दोर्जेलाई राखेर सरकार बनाए, संसद बन्यो र त्यही संसद्ले जनमतको नाममा सर्वसम्मत निर्णय गरि सिक्किमलाई इन्डियामा गाभ्ने निर्णय गर्‍यो ।

९. भर्खरै बृटीश गुलामी सकेर फर्किएको ३० वर्ष नपुग्दै इन्डियाले सन् १९७५ अप्रैल ९ का दिन सिक्किमलाई गुलाम बनायो । यसरी दक्षिण एशियाको सबैभन्दा पुरानो स्वतन्त्र देश सिक्किम सन्सारको नक्साबाट बिलायो ।

१०. सिक्किमलाई भारतमा विलय गर्ने निर्णय गर्ने लेण्डुप दोर्जेलाई स्वागत गर्न दिल्ली एयरपोर्टमा ईन्दिरा गान्धी आफैँ फूलामाला लिएर बसेकी थिइन् । रातो कार्पेट विछाईएको थियो र सलामी दिईएको थियो ।

११. सिक्किम सुम्पिएको पुरस्कारस्वरूप इन्डियाले लेण्डुपलाई सन् १९७५ देखि १९७९ सम्म मुख्यमन्त्री बनाईदियो ।

१२. त्यसपछी सिक्किम बस्न नसकेका नि:सन्तान लेण्डुप कालिम्पोङ्ग बस्न थाले । सन् २००२ मा पद्मश्रीबाट सम्मानित लेण्डुप सन् २००७ मा १०२ वर्षको उमेरमा पश्चिम बङ्गालको एक साधारण अस्पतालमा मर्दा ४ जना मानिसमात्र साथमा थिए ।

१३. विशाल इन्डियासँग फिस्टे सिक्किमले धेरै भेरैँचो गर्दा र सरोबरी गर्न खोज्दाको परिणाम बुझ्न पनि यो किताब पढनै पर्छ ।

१४. नेपालको १० प्रतिशत जनता इन्डिया गए भने ३० लाख जना हुन्छ । इन्डियाको १० प्रतिशत नेपाल पसे भने १४ करोड जना छिर्छन् ।

१५. अहिले पनि इन्डियनले रेमिट्यान्स बढी कमाउने छैटौँ मुलुक नेपाल हो । हामी खाडी जान्छौँ, त्यही मौका छोपी उनीहरू अलिकती सिमाना काटेर नेपाल पस्छन, १० खर्ब लिएर जान्छन् , नागरिकता त उपहार पाउने भैहाले ।

१६. जसरी अहिले यहाँका केही मानिसका आवाजहरु ठ्याक्कै इन्डियन संचारमाध्यमले चौबिस घण्टा देखाउने कुरासँग मिल्छ, जसरी केही नेपाली सन्चार माध्यमले राष्ट्रिय मुद्दालाई विषयान्तर गरि उनीहरूलाई नै सहयोग पुग्ने गरी गोयबल्याउने गर्छन् , यी परिदृश्य १९६० दशकको सिक्किमको अवस्थासँग ठ्याक्क मिल्छ, सिक्किमका पत्रिकाले पनि १९७५ सम्म त्यही गरे ।

१७. तपाईँको फेसबुकवाल धेरैले हेर्छन् । जब देशको कुरा आउँछ, हलुका कुरा नगर्दिनुस, प्लिज । कुनै राजनीतिक पार्टी वा अमुक नेतासँग उठेको रिसलाई बदला लिने ठाउँ होइन राष्ट्रियता । न त यो सस्तो लोकप्रियता र सार्वजनिक खपतको लागि ठेट्ने बेहोरा देखाउने रङ्गमन्च नै हो ।

१८. देश किन चाहिन्छ ? सिक्किमले त अब बिर्सियो होला ! हिटलरले ६० लाख यहुदीको नरसंहार गरेपछि देश खोजेको ईजरायललाई देश हुनुको महत्व राम्ररी थाहा छ ।

१९. आज सिक्किमे जनताहरू इन्डियन नागरिकताको लागि निवेदन हाल्छन् ।

(यो सामाग्री हामीले लेखकको फेसबुकबाट लिएका हौं ।)

सम्बन्धित समाचारहरु

ताजा समाचार