#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19574592724737628050112569354
नेपाल2259273620616313

किन गएनन् प्रधानमन्त्री नेकपाको स्थायी कमिटी बैठकमा ?

file photo

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमै आज विहान साढे ११ बजेदेखि बैठक चलिरहेको छ । असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक निर्धारित समय भन्दा आधाघण्टा ढिलो शुरु भएको थियो । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र विविध कार्यसूचीमा छलफल हुनेछ ।

सम्बन्धित समाचारहरु