#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1173100854000845679706623030
नेपाल159643591186811

सुशान्तको आत्महत्याको खबर सेलाउन नपाउँदै फिल्म रिलिज प्रसंगले गर्मायो बलिउड

काठमाडौं ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यको खबर अझै सेलाई सकेको छैन । तर, उनी अभिनित अन्तिम फिल्म ‘दिल बिचरा’ प्रदर्शनको मुद्दाले पुनः बलिउड गर्माएको छ । यस मुद्दालाई लिएर हाल बलिउडमा दुई फरक–फरक बिचारले स्थान पाएका छन् । जसमा, कतिपय दर्शकले सुशान्तको अन्तिम फिल्म हलमै रिलिज गर्न माग गरिरहेका छन् भने कोही डिजिटल माध्यमबाटै हेर्न आतुर देखिएका छन् ।

उक्त फिल्म आउँदो जुलाई २४ तारिख ‘डिज्नी हटस्टार’ एप मार्फत प्रर्दशन हुने तयारीमा छ । यता, सुशान्तका साथी विकास गुप्ताले हलमार्फत फिल्म प्रदर्शन गर्नु पर्ने दर्शकको मागप्रति फिल्म युनिटको ध्यानाकर्षण भएको बताएका छन् । उनले यस बारेमा पुनः बिचार गर्ने बताएको बीबीसी हिन्दीमा उल्लेख गरिएको छ।

सुशान्तको अन्मित फिल्म ‘दिल बिचरा’ लाई लिएर विभिन्न बलिउड कलाकारले पनि आ–आफ्नो बिचार राखेका छन् । विशेष गरेर उनीहरूले फिल्मको पोस्टरलाई सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका छन् भने, कतिपयले फिल्मलाई हलमै प्रदर्शन गर्नु पर्ने माग पनि राखेका छन् । अर्कातर्फ फिल्मको पोस्टर शेयर गर्ने कामलाई कलाकार तथा बलिउडकर्मीहरूले प्रोत्साहन गरिरहेको छन् । तर, सुशान्तका फ्यान तथा फलोवर्सहरूले नाताबाद सम्बन्धमा व्यंग्य गर्दै पोस्ट शेयर गर्न हतारिएका बलिउडकर्मीलाई उडाउन समेत भ्याएका छन् । उनीहरूले बलिउडमा चलिरहेको नाताबाद (नेपोटिजम) र बलिउड रहेका माफियाकै कारण सुशान्तको मृत्यु भएको र त्यस विरुद्धमा बोल्न नसकेको आरोप लगाएका छन् । बलिउडकर्मीले सुशान्तको मृत्युको कारणबारे नबोल्ने तर, खोक्रो सहानुभूति देखाउँदै फिल्मको प्रचार गरेको प्रशंसकहरूको आरोप छ।

अभिनेता सुशान्त गत जुन १४ तारिखका दिन बान्द्र स्थित आफ्नै कोठामा मृत भेटिएका थिए । उनले आत्महत्या गरेको भारतीय प्रहरीले पुष्टि गरेको थियो । सुशान्तको मृत्यु पछि बलिउडमा ‘नेपोटिजम’ र ‘ग्रुपिजम’ अर्थात् नातावाद र गुटबन्दीको मुद्दाले उग्ररूप लिएको छ। एजेन्सी

सम्बन्धित समाचारहरु

ताजा समाचार