#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1170369053953945480766616075
नेपाल159643591186811

नेपालमा सलह किराको प्रवेश, कस्तो रहन्छ यसको प्रभाव ?

file photo

काठमाडौं ।

विनाशकारी किरा सलह नेपालमा पनि प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीका केही स्थानमा सलह किरा देखिएको हो ।

सलह किरा यसअघि भारतमा ठूलो समुहमा भित्रिए पनि नेपालमा यसको प्रवेश तत्कालै नआउने विज्ञहरुले बताएका थिए । तर शनिबार भारतीय भूमि हुँदै उक्त कीरा बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नवलपुर लगायतका क्षेत्रमा प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सलह किरा नेपालमा कति संख्यामा प्रवेश गरे र कुन प्रजातीको सलह हो भन्नेबारेमा अनुसन्धान गर्न विज्ञहरु समेत पठाइएको छ । भारतबाट विहान ८ बजेतीर प्रवेश गरेका ती सलहहरु रुखहरुमा बसेको बताइएको छ ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा जस्तै देखिने फट्याङ्ग्राको एक प्रजाति शनिबार नेपालका बारा, पर्सा, मकवानपुर, रुपन्देही र सर्लाही लगायतका जिल्लामा पनि फेला परेको छ ।

लाखौंको संख्यामा रहने र हरिया बनस्पति सखाप पार्ने उक्त प्रजाति पहिलो पटक बारामा फेला परेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताएका छन् । उनका अनुसार बाराका किसानहरुले ठुलो संख्यामा आएका कीराहरु देखेको गुनासो गरेपछि उनले उक्त प्रजातिको तस्वीरसहित कृषि मन्त्रालयको प्रकोप समितिमा जानकारी गराएका थिए । तस्वीरका आधारमा बारामा भेटिएको फट्याङ्ग्रा सलह नै भए पनि कुन प्रजातिको हो भन्ने यकीन भइनसकेको उनको भनाइ रहेको छ । सलहको प्रकोप देखिएका स्थानमा कीरा अग्लो स्थानका रुखहरुमा बस्ने भएकाले कुनै पनि किरा मार्ने औषधी प्रयोग गर्न नसकिने र किरा मार्नको लागी हेलिकप्टर वा ड्रोनको प्रयोगबाट मात्रै औषधि छर्न अथवा ठूलो आवाजको सहयोगमा कीरा धपाउन सकिने उनको भनाइ छ ।

अफ्रिकाबाट भारतसम्म छिरेका सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै २ महिना अघि कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो । सो कार्यदलले नेपालमा तत्काल सलह नआउने प्रतिवेदन समेत कृषि मन्त्रालयलाई बुझाइसकेको थियो । अब सोही कार्यदलले यसको अनुसन्धान गर्नेछ । सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार