#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1097936652277043311476125449
नेपाल145193191685320

अनौठो रेकर्ड : मृत्यु भएको १० महिनापछि गिनीज बुक अफ वर्ल्ड रेकर्ड

काठमाडौं ।

अमेरिकाको लोकप्रिय जेट कार रेसर जेसी कुम्ब्सलाई मरणोपरान्त विश्वको सबभन्दा द्रुत गतिमा कार चलाएको रेकर्डबाट सम्मान गरिएको छ ।

जेसीको सन् २०१९ अगस्ट २७ मा ओरेगोनको आल्वर्ड डेजर्टमा ल्यान्ड स्पीड रेकर्ड तोड्न खोज्दा दुर्घटनामा परि मृत्यु भएको थियो । उनको जेट पावर्ड कारले ८४१ किलोमिटर प्रतिघण्टाको गति पार गरेको थियो ।

गिनीज बुक अफ वर्ल्ड रेकर्डले यस रेकर्डलाई आधिकारिक रुपमा समावेश गर्ने घोषणा गरेको छ । ३९ बर्षिया जेसीले ४० वर्ष पहिले आल्वर्डको मरुभूमिमा आफ्नो देशवासी किट्टी ओलिनको रेकर्डलाई तोडेकी थिइन् । किट्टीले सन् १९७६ मा जेट कारबाट ८२३ किलोमिटर प्रतिघण्टाको रेकर्ड गति स्थापित गरेकी थिइन् । जेसीको रेसिङ पार्टनर टेरी म्याडेनले इन्स्टाग्राममा भावनात्मक पोष्ट गरेका छन् ।

उनले लेखेका छन्– ‘जेसी अन्त्यमा विजय भइन् । जसको लागि उनले आफ्नो जीवन बलिदान दिए । कुनै पनि रेकर्ड उनको आत्मा भन्दा ठूलो हुन सक्दैन । त्यो क्षण थियो जुन उनी सधैँ प्राप्त गर्न चाहन्थिन् । म आफ्नो साथीप्रति गर्व गर्छु।’

टेरी लेख्छन् – जेसीले बिहानै सबेरै उठेर मलाई बोलायो । आउ आज इतिहास बनाऔं । त्यो हामो लागि रमाइलो दिन थियो, किनकी यो विश्व रेकर्ड गर्ने हाम्रो प्रयासको अन्तिम अवसर थियो । त्यसपछि जेसी आफ्नो कारको साथ आल्वर्ड मरुभूमिमा निस्किन् । पूर्ण रुपमा तयार भएपछि जेसीको जेट कारले गति समात्यो र ८४१.३३८ किलोमिटर प्रतिघण्टाको रेकर्ड गति हासिल गरिन् । ठीक त्यसै समय कारको एउटा पाङग्रामा टेक्निकल गल्ती भयो र दुर्घटनामा परिणत भयो । संयुक्त राज्य अमेरिकाको हार्नी काउन्टी शेरिफको कार्यालयले भने कार दुर्घटनाको समयमा ८८५.१३९ किलोमिटर भन्दा अधिकको गतिमा भएको बताएको थियो ।

जेसी सबभन्दा छिटो महिला भनेर चिनिन्थ्यो । जेसी जो बाल्यकालदेखि नै गतिको शौखिन थिइन् । सन् २०१३ मा ६४०.५४९ किलोमिटर प्रतिघण्टाको वेगमा नयाँ रेकर्ड बनाइन् । यसपछि उनी विश्वको सबभन्दा छिटो महिलाको रुपमा लोकप्रिय भइन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार